३० पुष २०७८, शुक्रबार

हाम्रो बारेमा

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।

अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो ।

तर, ०५६ देखि ‘नवयुग’ नेकपा (एमाले) केन्द्रीय कमिटीको ‘राजनीतिक पत्रिका’का रुपमा नियमित रहिआएको छ । कुनै समय बुटवल–पोखराबाट क्षेत्रीय संस्करणसमेत प्रकाशित गरिसकेको ‘नवयुग’को पदचिह्नमा पछि देशका ठूला दैनिक पत्रिकाहरू क्रमशः क्षेत्रीय संस्करणका रुपमा मोफसलतर्फ लागे ।

पार्टीको केन्द्रीय कमिटीले बेलाबेला जिम्मेवारी हेरफेर गरेअनुरुप ‘नवयुग’को मुख्य नेतृत्व परिवर्तन हुने गरेको विदितै छ । यसै क्रममा ०५६ बाट सुरुदेखि लामो अवधिसम्म कमरेड प्रदीप नेपाल, समय रघु पन्त, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली हुँदै हाल कमरेड योगेश भट्टराई प्रमुख र सूर्य थापा उपप्रमुख रहेको नेतृत्वमा प्रचार विभाग र ‘नवयुग’को प्रकाशन भइरहेको छ ।

‘नवयुग’को नियमितता र प्रगति भनेको पार्टीको प्रभावकारी परिचालन, सुदृढ एकता र अनुशासित वातावरणमा मात्रै सम्भव छ । यदि पार्टी कमिटीहरू सक्रिय र प्रभावकारी भएनन् भने ‘नवयुग’ नियमित हुन र प्रभावकारी हुन कदापि सक्दैन । पार्टीको केन्द्रीय कमिटीले पहिले ‘एक सदस्य ः एक ‘नवयुग’ र पछि ‘एक परिवार ः एक ‘नवयुग’ को अभियान सञ्चालन गर्ने निर्णयसँगै ‘नवयुग’को प्रकाशनलाई नियमितता दिने काम हुँदै आएको थिया ।, २०७५ जेठ ३ को पार्टी एकता पछि तीन वर्षसम्म नवयुगको प्रकाशन अलपत्र हुन पुग्यो । २०७७ फागुन २३ गते नेकपा (एमाले)को पुनःस्थापनास“गै चैत–वैशाख पुनः नवयुगको प्रकाशन हुनथाल्यो । र, त्यसयता जेठ–भदौ र असोज–मंसिर अंक प्रकाशित भएका छन् । यसको नियमिततालाई प्रिन्ट संस्करण र अनलाइन संस्करणका रुपमा अघि बढाउने योजना रहेको छ । र, नवयुगडटकम त्यसकै आरम्भ हो ।

प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..