सिन्धुली

कोरोनाविरुद्ध कमलामाई नगरपालिकाले छर्किन थाल्यो कीटनाशक औषधि

सिन्धुली । कमलामाई नगरपालिकाले आज बजार क्षेत्रमा कोभिड–१९ विरुद्ध कीटनाशक औषधि छरेको छ । नगर प्रमुख खड्गबहादुर खत्रीले २ नं बजारबाट कीटनाशक औषधि छर्न शुरु गरेका थिए । गैरी बजार, १ नं। बजार, स्टल बजार तथा धुरा बजारमा उक्त औषधि छर्कने योजना रहेको नगर प्रमुख खत्रीले जानकारी दिए । सडक र छेउछाउमा रहेका घरका भित्तामा पनि कीटनाशक औषधि छर्किएको...

कोभिड–१९ महामारीसँग जुध्‍न बागमती सरकारले गर्‍यो २४ निर्णय (सूचीसहित)

मकवानपुर । विश्वव्यापी महामारी बनेको कोभिड–१९ बाट बच्न उच्चस्तरीय समन्वय समितिको निर्णयसँगसँगै प्रदेश सरकारहरूले पनि तयारी तीब्र बनाइरहेका छन्। वागमती प्रदेश सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै तयारी र प्रतिकार्यका लागि २४ निर्णय गरेको छ। मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा हिजो, ६ चैतमा बसेको मन्त्रीपरिषद्को विशेष बैठकले ती निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले देखापढीलाई बताए। बैठकले...

वाणिज्य बैंकको २९ ‘एक्स्टेन्शन काउन्टर’ सञ्चालन

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीको २९औँ ‘एक्स्टेन्शन काउन्टर’ तथा राजश्व सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आफ्नो खातामा रु एक हजार १०५ जम्मा गर्दै शाखाको कारोवार शुभारम्भ गर्नुभयो । उहाँले केन्द्र सञ्चालनमा आएपछि कार्यालयले राजश्व बुझाउन बैंक धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो । प्रजिअ गौतमले भन्नुभयो, “धरौटी तथा राजश्व...

चट्याङले टेलिकम सेवा अवरुद्ध

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ भीमसेनडाँडामा रहेको नेपाल टेलिकमको टावरलाई चट्याङले क्षति पु¥याउँदा सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देललले आज विहान परेको चट्याङले सो डाँडामा रहेको टावरको उपकरणलाई क्षति पु¥याएको जानकारी दिनुभयो । कुन उपकरणमा कति क्षति पुगेको हो भन्ने विवरण प्राप्त नभएको उहाँले बताउनुभयो । चट्याङका कारण टावर नजिकै रहेका पाँच घरका...

हेटौंडाका बुद्धराज अर्यालद्वारा पत्रकार महासंघलाई कम्प्युटर सहयोग

मकवानपुर । युवा उद्यमी तथा उद्योग संघ मकवानपुरका सदस्य बुद्धराज अर्यालले नेपाल पत्रकार महासंघ सिन्धुली शाखालाई १ थान कम्प्युटर सहयोग गर्नुभएको छ । आज शनिबार पत्रकार महासंघ सिन्धुली शाखाले आयोजना गरेको एक कार्यक्रममा उहाँले कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री र विशिष्ट अतिथि बुद्धराज अर्यालले महासंघका अध्यक्ष राजन कार्कीलाई कम्प्युटर हस्तान्तरण...

महिला सहकारीलाई वाग्मती प्रदेशको २ लाख

मकवानपुर । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले महिलाद्वारा सञ्चालित १३ वटा सहकारीलाई पुरस्कृत गर्ने भएको छ । नारी दिवसको अवसरमा पारी मन्त्रालयले १३ जिल्लाका एकरएक वटा उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न लागेको हो । विपन्न र सीमान्तकृत समुदायको बाहुल्य रहेको, सम्बन्धित वडालाई पूर्ण रूपमा समेटेको, स्रोत परिचालन, असुली र निक्षेप राम्रो भएका सहकारीलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी...

प्रहरीले खोज्दा नभेटिएका तपस्वी बम्जन ‘तीन वर्षका लागि महाध्यानमा’

सिन्धुली । ‘तपस्वी’ रामबहादुर बम्जन सिन्धुलीमै गत असारदेखि तीन वर्षका लागि महाध्यानमा बसेको बोधी श्रवण धर्म संघले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरी बम्जन फरार रहेको भनी गलत प्रचार भएको संघले जनाएको छ । तपस्वी राम बहादुर बम्जनमाथि १८ वर्षीय आनीलाई बालयौन दर्व्यवहार गरेको आरोपमा किटानी जाहेरी परेपछि जिल्ला अदालत सर्लाहीले पक्राउ गर्न आदेश दिएको थियो । सोहीअनुसार...

यस्तो छ राष्ट्रियसभाको अन्तिम मत परिणाम, कांग्रेसले गुमायो सातै सिट

काठमाडौं । राष्ट्रियसभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। १८ सदस्यका लागि बिहीबार भएको निर्वाचनमा दुईजना राजपा-नेकपा गठबन्धनबाट र १६ जना सत्तारूढ नेपालक कम्युनिष्ट पार्टी (नेकपा)बाट विजयी भएका हुन्। राष्ट्रियसभाको नतिजासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ‘क्लिन स्विप’ भएको छ। कमजोर प्रतिपक्षी र आन्तरिक कलहमा फसेको नेपाली कांग्रेसले यसअघि राष्ट्रियसभामा पाएको ७ सिट गुमाएको छ। हेर्नुहोस नतिजा गण्डकी प्रदेश...

बागमती प्रदेशको मन्त्री बन्दै रामेश्वर फुयाँल

मकवानपुर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता रामेश्वर फुयाँल बागमती प्रदेशको भौतिक योजना तथा विकासमन्त्री बन्ने भएका छन् । गत कात्तिक १६ गते मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई बर्खास्त गरेपछि प्रदेशको भौतिक योजना तथा विकास मन्त्रालय मन्त्रीविहीन थियो । १५ महिनादेखि रिक्त मन्त्रालयमा प्रदेशका मुख्य सचेतक रहेका फुयाँललाई प्रस्ताव गरिएको नेकपा स्रोतले जानकारी दियो । यद्यपि फुयाँलले...

बागमती प्रदेशमा धान उत्पादन घट्यो, १० प्रतिशतले गिरावट

मकवानपुर । गरिमा धानको नक्कली बिऊ र फौजी किराको आक्रमणका कारण बागमती प्रदेशमा यस वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान उत्पादनमा यसवर्ष १० प्रतिशतले गिरावट आएको प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेशका १३ वटै जिल्लामा गरी यस वर्ष चार लाख ६३ हजार एकसय ७३ मेक्ट्रिक टन धान उत्पादन भएको छ...