दोलखा

बागमती प्रदेशमा धान उत्पादन घट्यो, १० प्रतिशतले गिरावट

मकवानपुर । गरिमा धानको नक्कली बिऊ र फौजी किराको आक्रमणका कारण बागमती प्रदेशमा यस वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान उत्पादनमा यसवर्ष १० प्रतिशतले गिरावट आएको प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेशका १३ वटै जिल्लामा गरी यस वर्ष चार लाख ६३ हजार एकसय ७३ मेक्ट्रिक टन धान उत्पादन भएको छ...

वन्यजन्तु पीडित किसानलाई क्षतिपूर्ति

दोलखा । गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले वन्यजन्तुले क्षति पुर्याएका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका र विगु गाउँपालिकाका किसानलाई वन्यजन्तुले पुर्याएको क्षतिका आधारमा रकम उपलब्ध गराएको हो । संरक्षण क्षेत्रअन्तर्गत बसोबास गर्ने विगु र गौरीशङ्करका नौ जना किसानलाई रु एक लाख चार हजार क्षतिबापतको रकम भुक्तानी गरेको छ । अधिकांश किसानको संरक्षण क्षेत्रभित्र रहेका चितुवाले...

भालुको आक्रमणबाट एक वृद्ध घाइते

दोलखा । दोलखा जिल्लाको जिरी नगरपालिका–१ को च्यबुकेमा आज बिहान ६ बजे एक वृद्धलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । घाइते बोल्न नसक्ने अवस्थामा भेटिएकाले काठमाडौं सिफारिश गरिएको छ । जिरी नगरपालिका–१ बस्ने पदमबहादुर खड्कालाई हलोजुवा लिन बारीमा गएको बेला भालुले आक्रमण गरेको हो । भालुको आक्रमणमा परी निजको घाँटी, टाउको, निधार र मुखमा गम्भीर चोट लागेकाले...

आफ्नै ट्रकले च्यापेर चालकको ज्यान गयो

दोलखा । दोलखाको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालको ट्रकले च्याप्दा सोही ट्रकको चालकको ज्यान गएको छ । ट्रक चालक ३५ वर्षका विजय तामाङको उपचारका क्रममा प्रस्तावित चरिकोट अस्पतालमा शुक्रबार ज्यान गएको दोलखा प्रहरीले जनाएको छ । अस्पतालको ना ५ ख ८८५८ नम्बरको ट्रकमा अक्सिजनको सिलिण्डर लोड गर्ने क्रममा गाडीमा ओड नराखी झरेका चालक गाडी आफैँ सर्न खोजेपछि स्टेयरिङमा जान...

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ।आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ । कारोवार शुरु भएलगत्तैदेखि ओरालो लागेको बजार बन्द हुने समयसम्म पनि सोही अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.१८ बिन्दु अर्थात् १.४२ प्रतिशतले घटेर एक हजार १२३.८३ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत १.४६ अर्थात् ३.६६ बिन्दुले घटेर...

ज्येष्ठ नागरिकको पालनपोषण गर्ने छोराबुहारी सम्मानित

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई विशेष हेरचाह गरी पालनपोषण गर्ने २१ जोडी असल छोरा बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई माया ममतापूर्वक पालनपोषनमा ध्यान दिने २१ जोडी छोरा, बुहारी तथा छोरीलाई एक कार्यक्रमको आयोजना गरी आइतबार सम्मान गरेको हो । आथिक वर्ष ७५/७६ अन्तर्गत विनियोजित लक्षित वर्गतर्फको ज्येष्ठ नागरिक सम्मान तथा असल...