सिन्धुपाल्चोक

जबरजस्ती करणीको आरोपमा पक्राउ

काभ्रेपलाञ्चोक । एउटै स्थानमा काम गर्ने महिलालाई जबर्जस्ती करणीका आरोपमा तीन युवालाई पक्राउ गरी काभ्रेपलाञ्चोक प्रहरीले आज सार्वजनिक गरेको छ । आफूलाई जबर्जस्ती करणी गरेको भनी पीडितले दिएको उजूरीपछि पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–१ घर भई धुलिखेल नगरपालिका–४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्ने २२ वर्षीय विशाल आले, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का २८ वर्षीय अमृत खड्का र भारतको पश्चिम...

झ्याडी–देउराली खण्ड स्तरोन्नति शुरु

सिन्धुपाल्चोक । जिल्लाको सदरमुकाम चौताराबाट सिपाघाट–कात्तिके हुँदै काठमाडौँको नारायणटारसम्म पुग्ने सडकको स्तरोन्नति कार्यले तीव्रता पाएको छ । दशकौँदेखि चौताराबाट काठमाडौँ जान ८४ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै छोटो र सहज यात्राका लागि सडकको अवधारणा अघि सारिएको हो । उक्त सडकखण्डअन्तर्गत पर्ने झ्याडी–देउराली खण्ड स्तरोन्नति कार्यको आइतबार शुभारम्भ भएको छ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल र...

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरको भूकम्प

मकवानपुर । बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ । भूकम्प काठमाडौं उपत्यका, मकवानपुरको हेटौंडा सहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

सिन्धुपाल्चोक पीडाः वस्ती सार्न नसक्दा विपद् कुर्दै, ११ शव भेटिए

काठमाडौं । सिन्धुपाल्चोकमा यो वर्ष गएको पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । तीन महिनामा तीन ठूला पहिरो गएकाले कम्तीमा ६७ जनाको ज्यान गएको छ भने चार दर्जन बेपत्ता रहेका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार यस वर्ष अत्यधिक वर्षा भएकाले र २०७२ सालको भूकम्प भएका कारणले गर्दा थिलोथिलो भएको जग्गालाई असर पारेको हो ।...

बाह्रबीसे पहिरोमा बेपत्ता खोज्न ५० सैनिक परिचालन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ७ का विभिन्न स्थानमा गएको पहिरोमा बेपत्ताहरुको खोजिका लागि ५० जना सैनिक खटाइएको छ। सैनिक मुख्यालयका अनुसार नाकुचे ९गुमथाङ्ग०, डाँडागाउंँ, नेवार टोल र विकटोलमा पहिरोमा बेपत्ताको एक साथ खोजि भइरहेको छ। आइतबार बिहान गएको पहिरोमा ११ जनाको शव फेला परिसकेको छ भने २० जना अझै बेपत्ता छन्। उनीहरुको खोजिका लागि ५० जना सैनिकसँगै नेपाल...

सिन्धुपाल्चोक पहिरोः मुख्यमन्त्री पौडेलद्वारा दुःख व्यक्त

सिन्धुपाल्चोक । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो पटक सिन्धुपाल्चोकमा गएको पहिराको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै उहाँले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा दिएको जनाउँदै उद्धार र राहतमा जुट्न सम्पूर्णलाई अनुरोध गर्नुभएको छ । उहाँले सन्देशमा बाह्रबिसे–७, घुम्थाङ नागपुजेमा गए राति गएको पहिरामा परी तीन जनाको मृत्यु र २० जनाभन्दा बढी बेपत्ता भएकोे...

सिन्धुपाल्चोक पहिरो: पाँचको शव निकालियो, ३१ बेपत्ता

सिन्धुपाल्चोक । बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ र विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । दुई जनाको सनाखत हुन बाँकी छ । पहिरामा पुरिएर ३१ जना बेपत्ता भएका छन् । नेपाली...

सिन्धुपाल्चोक पहिरो अपडेटः ३ जनाको शव भेटियो

सिन्धुपाल्चोक । बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका तीन जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीया सर्कीनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । नागपुजेमा १५ र भीरखर्कमा नौ गरी अझै २४ जना बेपत्ता छन् । उनीहरुको स्थानीयवासी र...

सिन्धुपाल्चोक पहिरो अपडेटः एक महिलाको शव फेला, सभामुख सिन्धुपाल्चोक आउँदै

सिन्धुपाल्चोक । लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । “ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु”, शेर्पाले भन्नुभयो । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७...

सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण पहिरो, ठूलो मात्रामा जनधन क्षति भएको प्रारम्भिक जानकारी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७, भीरखर्क नाकुचेमा आज (आइतबार) बिहान भीषण पहिरो गएको छ। घटनामा ठूलो मात्रामा जनधन क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी प्रकाश सापकोटाका अनुसार बाह्रबिसे इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ। ‘टोली पुगिसकेको छैन, ठूलो मात्रामा जनधन क्षति भएको भन्ने खबर...