रसुवा

बाढी पहिरोले बागमतीमा १० को मृत्यु, २२ जना बेपत्ता

बागमती । बाढी पहिरोमा परेर बागमती प्रदेशका (काठमाडौं उपत्यकाबाहेक) विभिन्न १० जिल्लामा १० जनाको मृत्यु भएको छ। असार २४ पछिको वर्षासँगै आएको बाढी र पहिरोमा परेर बिहीबारसम्म २२ जना बेपत्ता भएका छन्। १४ जना घाइते भएका छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा बाढी पहिरोले क्षति गरेको छ। पहिरोले सिन्धुपाल्चोक ६ जना र धादिङमा ४ जनाको मृत्यु भएको बागमती प्रदेश...

पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

रसुवा । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा पहिरो खस्दा सडक खण्ड अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा पहिरो खसेको छ । अवरुद्ध सडक खुलाउन समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। यस क्षेत्रमा...

अस्पताल सुधारका लागि बागमती प्रदेशले छुट्याइयो बजेट

बागमती । बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका अस्पतालको क्षमता विकास, सुधार तथा स्तरोन्नतिका लागि बजेट छुट्याएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ का लागि सो अस्पताल सहित प्रदेश अन्तर्गतका विभिन्न अस्पतालका लागि बजेट विनियोजन गरेको जनाएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार धुलिखेल सामुदायिक अस्पतालमा रु ५० लाख, राजमार्ग सामुदायिक अस्पताल धादिङ मलेखुमा रु ३० लाख, नेशनल किड्नी...

बागमती प्रदेशमा पुल र सडक निर्माणमा तीव्रता

मकवानपुर । बागमती प्रदेश सरकारले विगत दुई आर्थिक वर्षमा ३३ पुलसहित एक हजार ३०० किलोमिटर सडक निर्माण गरेको छ । प्रदेशसभाको छैटौँ अधिवेशनमा विनियोजन विधेयक २०७७ को विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको आज जवाफ दिँदै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त जानकारी दिनुभएको हो । पौडेलले प्रदेशका गौरवका आयोजनासहित पूर्वाधार निर्माणमा सबै क्षेत्रको समानुपातिक विकासको अवधारणाअन्तर्गत बजेटको सन्तुलित वितरण...

हाकुमा पहिलो पटक गुड्यो मोटर

रसुवा । आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत हाकुको विकट स्थान नेशिङ गाउँमा पहिलो पटक मोटर गुडेको छ । उक्त गाउँका बासिन्दालाई यातायातको सुविधा पु¥याउने उद्देश्यले गाउँपालिकाबाट छुट्टयाइएको रू ७० लाख बजेटबाट ग्रे गाउँदेखि नेशिङसम्म करीब आठ किलोमिटर मोटरबाटोको ट्रयाक निर्माण गरी सवारी साधन गुडाइएको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले जानकारी दिनुभयो । सदरमुकामबाट नजीकैको दूरीमा रहे पनि भौगोलिक विकटताले पछाडि परेको नेशिङ गाउँमा...

रसुवागढी नाका सञ्चालनको तयारी

रसुवा । कोभिड –१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोवार पुनःसञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका छन् । नेपाल र चीन दुई देशका अधिकारीबीच बुधबार अपराह्न रसुवागढीस्थित मितेरी पुलमा सम्पन्न वार्तामा स्वास्थ्य परीक्षण, सीमा क्षेत्रमा विशेष सुरक्षा, क्वारेन्टिन जस्ता व्यवस्थापनबाट कारोवार अगाडि बढाउने सहमति भएको हो । दुवै देशका नागरिक आवतजावतमा भने यथावत् रोक लगाई अब चिनियाँ...

बागमती प्रदेशका ७०५ पत्रकारको कोरोना बिमा

काठमाडौं । बागमती प्रदेशका कार्यरत सात सय पाँच पत्रकारको कोरोना बिमा भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोग तथा सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासंघको समन्वयमा कोरोना भाइरस (कोभिड–१९) महामारीका वेला अग्रपंक्तिमा रहेर काम गर्ने बागमती प्रदेशका पत्रकारको कोरोना बिमा गरिएको हो। कोरोना भाइरसको पीसीआर परिक्षणमा संक्रमित भएको प्रमाणित भएमा बिमा गरिएका पत्रकारले एक...

बागमती प्रदेशमा कोरोनाबाट तीनजनाको मृत्यु

मकवानपुर । कोरोना भइरसका कारण बागमती प्रदेशमा हालसम्म तीनजनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई परास्त गरी घर फर्किएका छन् भने ४९ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण सिन्धुपाल्चोक, दोलखा र ललितपुरका एक–एकजनाको ज्यान गएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका...

बागमती प्रदेशमा रसुवा कोरोनामुक्त

रसुवा । पूर्वसावधानी अपनाएका कारण रसुवा जिल्ला हालसम्म कोभिड –१९ मुक्त भएको छ । चीनको वुहानमा कोरोना भाइरस शुरु हुनासाथ नेपालमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले गत माघ १५ गतेदेखि नेपालको उत्तरीनाका रसुवागढीको मितेरी पुलबाट आवतजावतमा रोक लगाइएको थियो । सहायक प्रजिअ सपनाकुमारी भट्टराईले सबै क्षेत्रबाट सहयोग मिलेको र स्थानीय बासिन्दा सचेत भएकाले रोगबाट हालसम्म जिल्ला सुरक्षित भएको बताए ।...

बागमती प्रदेशमा हालसम्म २० जना कोरोना संक्रमित डिस्चार्ज

मकवानपुर । बागमती प्रदेशमा हालसम्म २० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार शुक्रबारसम्म प्रदेशमा देखिएका ४२ जना संक्रमित मध्ये २० जना निको भएर डिस्चार्ज भएका हुन् । बाँकी २० जना प्रदेशका विभिन्न अस्पतालमा उपचाररत् छन् भने हालसम्म सिन्धुपाल्चोक र ललितपुरमा एकरएक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशका कुल...