चितवन

चितवनमा धान उत्पादन बढ्यो

मकवानपुर । चितवनमा यस वर्ष धानको उत्पादन बढेको छ । गएको वर्षभन्दा यस वर्ष २१ हजार ४ सय ८० मेट्रिक टन धेरै धान उत्पादन भएको तथ्याङ्क छ । कृषि विकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३ सय २४ दशमलव ९ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । यस वर्ष चितवनमा धानको उत्पादकत्व ४ दशमलव ९...

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मकवानपुर । नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको हो । बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन् । पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गर्न आफूहरू लागिपरेको उहाँले...

भरतपुरको टिकौलीमा रोकिराखेको ट्रकमा दुईवटा बस ठोक्किँदा ३३ जना घाइते

मकवानपुर । भरतपुरको टिकौली जङ्गलमा रोकिराखेको ट्रकमा दुईवटा बस ठोक्किँदा ३३ जना घाइते भएका छन् । गएराति इँट्टा भरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंको लागि छुटेको बस र त्यही बसमा जनकपुरबाट काठमाडौंको लागि छुटेको अर्को बस समेत ठोक्किएको थियो । दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आँपटारी चितवनबाट खटिएको टोलीले घाइतेहरुलाई...

चितवनमा स्कुटर दुर्घटना हुँदा २ जनाको ज्यान गयो

मकवानपुर । स्कुटर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । भरतपुर विमानस्थलनजिकै स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा दुई युवाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर–१० विमानस्थल नजिकै बागमति प्रदेश ०६–००३ प ०६९२ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि बसेका भरतपुर–२१ कै २८ वर्षीय कुशल अर्यालको...

दसैँअघि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी

 चितवन । चितवन राष्ट्रिय निकुञ्जले दसैँअघि निकुञ्जमा जिप सफारी सुरु गर्ने भएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका ससाना खोलाखोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा।गणेश पन्तका अनुसार फूलपातीअघि जिप सफारीका लागि अनुमति दिनेगरी काम भइरहेको छ ।...

काठमाडौं- नारायणगढ साझा बस सेवा सञ्चालन

मकवानपुर । काठमाडौंबाट चितवनको नारायणगढसम्म साझा यातायातको बस सेवा सञ्चालन शुरू भएको छ । दशैँको अवसरमा साझा यातायातले हिजोदेखि कोजाग्रत पूर्णिमासम्मका लागि बस सेवा सञ्चालन शुरू गरेको जनाएको छ । यात्रुहरूलाई सहज, सस्तो र भरपर्दो यात्रा गराउने उद्देश्यले दशैँ मनाउन जानेरआउनेको चापलाई समेत ध्यानमा राखी सेवा सञ्चालन गरिएको साझा यातायातले निकालेको सूचनामा उल्लेख छ । पुल्चोक साझा यातायातबाट बस...

नारायणगढ–मुग्लिन सडक भोलि दिउँसोसम्म खुल्न सक्ने

मकवानपुर । नारायणगढ–मुग्लिन सडकको तुइन खोला पुल नजिक हिजो खसेको पहिरो हटाउने काम आज बिहानदेखि शुरू भएको छ । तर सुक्खा पहिरो निकै ठूलो भएका कारण सडक आज नखुल्ने भएको छ । निरन्तर काम गर्न सकेमा भोलि दिउँसोसम्म सक्ने र सडक खुल्ने सम्भावना रहेको डिभिजन सडक कार्यालय भरतपुर चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले झन्डै...

मुग्लिन–नारायणगढ सडक बिहान ११ बजेसम्म खुलाउने गरी काम चल्दै

मकवानपुर । अस्ति शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अहिले बिहान ११ बजेसम्म खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार अहिले पाँच वटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेकोे छ । बीचमा कुनै अवरोध नआएमा ११ बजेसम्म सडक सञ्चालन हुने उहाँको भनाइ छ । मुग्लिन नजिकै पर्ने तुईन...

आन्दोलनको क्रममा देशभरका विभिन्न क्षेत्रका ६ सय २९ भवन पूर्ण क्षति

मकवानपुर । गएको भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६ सय २९ भवन पूर्णरूपमा क्षति भएको छ । आन्दोलनका क्रममा एक हजार पाँच सय ६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार नेपाल प्रहरीका मात्रै एक सय ७७ वटा भवन पूर्णरूपमा क्षति भएको छ...

मुग्लिन–नारायणगढ सडक : ढुङ्गा खस्ने क्रम नरोकिएपछि वैकल्पिक सडक प्रयोग गर्न आग्रह

मकवानपुर । पहिरोका कारण मुग्लिन–नारायणगढ सडक दुईतर्फी नै बन्द छ । हिजो बेलुका सवा सात बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने तुइन खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको हो । सडक माथिबाट ढुङ्गासहितको पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा रहेको तर सुरक्षालाई ध्यानमा राखेर तत्काल खटाउन नसकेको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जनाएको छ...