चितवन

खुशी हुँदै फर्किइन् कोरोनामुक्त आमा

चितवन । चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् । दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक छोरालाई कोरोना भाइरस सङ्क्रमण देखिएको थियो भने अर्का एक छोरामा नेगेटिभ देखिएको थियो । वैशाख १३ गते २७ वर्षीय छोरा सङ्क्रमणमुक्त भए...

पत्रकारको पिसिआर परीक्षण गर्न माग

चितवन । नेपाल प्रेस युनियन चितवन शाखाले आज प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै तत्काल कार्यक्षेत्रमा खटिएका पत्रकारको पिसिआर परीक्षणको व्यवस्था मिलाइदिन माग गरेको छ । युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको नेतृत्वमा गएको टोलीले भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा भनिएको छ, “नेपालमा कोभिड–१९ देखिएसँगै यहाँका पत्रकारले प्रत्यक्षरुपमा कार्यक्षेत्रमा खटिएर काम गरिरहेको सर्वविधितै छ । चितवनमा रहेर कार्यक्षेत्रमा...

अपराधको सूचना दिनेलाई गोप्य राख्न प्रहरीले हटायो कलर आइडी

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अपराधको सूचना दिनेलाई गोप्य राख्न कार्यालयको एउटा टेलिफोन नम्बरको कलर आइडी हटाएको छ । कार्यालयले ०५६–५२०१५५ नम्बरको टेलिफोनको कलरआइडी नेपाल टेलिकममा पत्राचार गरी हटाएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्का अनुसार परिचय गोप्य राख्न चाहेर आपराधिक गतिविधिका सूचना दिनेलाई सहजहोस् भन्ने उद्देश्यले टेलिफोनको कलरआइडी हटाइएको हो । उहाँले भन्नुभयो, “सूचना दिन...

बिक्न थाल्यो कुखुराको चल्ला

चितवन । कुखुराका चल्ला बिक्न थालेका छन् । लकडाउन केही खुकुलो भएसँगै कृषकले खोरमा कुखुराका चल्ला राख्न थालेका हुन् । पछिल्लो समय दानाको कच्चा पदार्थको मूल्यमा पनि भारी गिरावट आएको छ । यससँगै दाना उद्योगहरुले दानाको मूल्य घटाउन थालेका छन् । जिउँदो कुखुराको मूल्य पनि बढेपछि कृषकले चल्ला राख्ने क्रम बढेको हो । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष...

संरक्षणमा जुटे पर्यटन व्यवसायी

चितवन । सौराहाका पर्यटन व्यवसायी ‘लकडाउन’को समयको सदुपयोग गर्दै संरक्षण क्षेत्रमा जुटेका छन् । लामो समय लकडाउन हुँदा सौराहाका पर्यटन व्यवसायी वन्यजन्तुको बासस्थान संरक्षणमा जुटेका हुन् । उनीहरुले निकुञ्जसँग सहकार्य गरेर ९१ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरेका छन् । प्रकृति संरक्षण कोष, क्षेत्रीय रेवान, वमघमारा, चित्रसेन मध्यवर्ती सामुदायिक वन, जीप समिति, रत्ननगर नगरपालिका वडा नं ६, ७ र...

चितवनमा रहेका ७५ जनाले भारत फर्कन नाम दर्ता गराए

चितवन । जिल्लामा रहेका ७५ जना भारतीयले घर फर्कन चाहेको भन्दै नाम दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले फर्कन चाहने भारतीयलाई नाम दर्ता गर्न सूचना जारी गरेको थियो । आइतबार दिनको तीन बजेसम्म नाम टिपाउन भनिएकोमा सो सङ्ख्यामा नाम दर्ता भएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार दर्ता भएका नाम भारतीय दूतावास...

लकडाउनले बनायो मजदूरलाई व्यवसायी

चितवन । लकडाउनका कारण कतिपय मजदूरलाई दैनिक गुजाराको समस्या परेको भएपनि यहाँका मजदूर भने व्यवसायी बनेका छन् । लकडाउन अघि मजदूरीमा लागेका अहिले तरकारी, फलफूल र हरियो मकै जस्ता वस्तुको बिक्री गर्ने व्यवसायमा लागेका छन् । मजदूरले आफैँ ठेला, रिक्सा, साइकल किनेर त्यसमार्फत घरघरमा सामान पु¥याउन थालेका हुन् । साइकलमा रु तीन सयको टोकरी ९क्रेट० राखेपछि उनीहरुको व्यवसाय शुरु...

दश दिनपछि सञ्चालनमा आयो भरतपुर कोभिड–१९ प्रयोगशाला

  चितवन । कोरोना भाइरसको परीक्षण गर्ने पिसीआर किट अभावसँगै काम रोकिएको भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार किट उपलब्ध गराएपछि पुनः नियमित परीक्षण शुरू भएको हो । कीटको अभावमा विगत १० दिनयता प्रयोगशाला सञ्चालनमा आउन सकेको थिएन । यहाँको नमूना हेटौँडा र काठमाडौँ पठाइँदै आएको थियो । अस्पतालका सूचना अधिकारी...

मध्यरातमा चितवनमा खुकुरीले हानेर श्रीमतीको हत्या

चितवन । घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालका अनुसार राति ९ः४५ बजेको समयमा घटना भएको हो । हत्या गर्ने कृष्णप्रसादलाई राति...

पाँचौँ पटकको नतिजा पनि पोजेटिभ

चितवन । भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित ६३ वर्षीया एक महिलाको पाँचौँ पटक गरिएको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणका क्रममा ती महिलाको पाँचौँ नतिजा पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । यही वैशाख २४ गते केन्द्रीय प्रयोगशाला पठाइएको नमूनाको नतिजा आज आएको हो । कोरोना सङ्क्रमित...