चितवन

सौराहामा बन्ने भयो ३५ करोडको लगानीमा सिटीहल

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा सिटीहल बन्ने भएको छ । रु ३५ करोड २२ लाख ७० हजारको लागतमा एक हजार क्षमताको सिटीहल निर्माण हुने सङ्घीय शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँले एउटा एक हजार क्षमताको ठूलो सिटीहलसँगै ५० जना अट्ने अर्को भवनसहित मिटिङहलसमेत निर्माण हुने बताउनुभयो । रेलिगेर कन्स्ट्रक्शन प्रालि ललितपुरले...

ट्रकको ठक्करबाट भरतपुरमा एक जनाको मृत्यु

चितवन । ट्रकको ठक्करबाट चितवनमा मंगलबार बिहान एक व्यक्तिको ज्यान गएको छ । साइकलमा दूध बोकेर हिँडिरहेकी ३५ वर्षीया लक्ष्मी सुवेदीको ठक्करबाट ज्यान गएको हो । भरतपुरबाट गितानगर जाँदै गरेको ना ७ ख ४०९१ नम्बरको ट्रकले सुवेदीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ट्रकलाई स्थानीयले नियन्त्रणमा लिएका...

गैँडा गणना चैत १० गतेदेखि

चितवन । यही चैत १० गतेदेखि यस वर्षको गैँडा गणना हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक तयारी शुरु गरेको जनाएको छ । यसका लागि चैत ७ र ८ गते सौराहामा तालीम आयोजना हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिनुभयो । तालीममा निकुञ्जका कर्मचारी, हात्तीसार, राष्ट्रिय प्रकृति...

विज्ञहरुको विवरण सङ्कलन गर्दै नास्ट

चितवन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालका सरकारी वा गैरसरकारी कार्यालयहरुमा कार्यरत तथा अन्यत्र छरिएर रहेका विज्ञान तथा प्रविधि (प्राकृतिक विज्ञान, कृषि विज्ञान, चिकित्सा शास्त्र, इन्जिनीयरिङ, गणित, सूचना प्रविधि आदि) विषयहरुबाट विद्यावारिधि प्राप्त वा सो सरह नेपाली वैज्ञानिक एवं विद्यावारिधि सकेर विदेशमा रहेका नेपाली वैज्ञानिक एवं प्राविधिकहरुको यथार्थ विवरण सङ्कलन गर्ने उद्देश्यले ‘हु इज हु...

ब्याडमिन्टनमा चितवनको वर्चस्व

चितवन । प्रथम चितवन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भरतपुरस्थित कभर्डहलमा २०० खेलाडीले सहभागिता जनाएको प्रतियोगिता शनिबार सकिएको हो । प्रतियोगितामा समावेश चार विधामध्ये महत्वपूर्ण तीन विधाको उपाधि चितवनका खेलाडीले जितेका छन् । प्रतियोगितामा सबैभन्दा चासोको पुरुष डबल ‘ए’ को उपाधि चितवनका खेलाडीले नै जितेका छन् । निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको फाइनल खेलमा चितवनका राजु थापा...

कोरोनाको आशङ्कितमा सङ्क्रमण नभएको पुष्टि

चितवन । भरतपुर अस्पतालमा उपचारका लागि आएका एक जनालाई कोरोना भाइरसको आशंका गरिएकोमा त्यसको नतिजा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उपचारमा आएका बिरामीलाई कोरोनाको आशंका गरी उनको रगत परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको थियो । प्रयोगशलाबाट प्राप्त नतिजाको आधारमा आशंका गरिएका व्यक्तिमा कोरोनाको सङ्क्रमण नरहेको उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पतालबाट यसअघि पठाइएका...

जग्गा खरिद गर्ने भन्दै नौ लाख लुट

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको रु नौ लाख लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिनुभएको हो । उहाँहरुलाई खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र उनैले पैसा लुटेको पीडितले जनाएका छन् । राईले जग्गा बैना गर्ने भनी मालपोत कार्यालय...

भरतपुरमा कोरोना रोकथाम समिति गठन

चितवन । भरतपुर महानगरपालिकाले नोबल कोरोना भाइरस रोकथाम तथा पूर्व तयारी समन्वय समिति गठन गरेको छ । महानगरमा आज बसेको सर्वपक्षीय बैठकले नगर प्रमुख रेनु दाहालको संयोजकत्वमा उपप्रमुख, महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य र महानगरका जनस्वास्थ्य प्रवद्र्धन शाखाका संयोजक सदस्य सचिव रहने गरी समिति गठन गरेको हो । महानगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण...

भरतपुर विमानस्थलमा स्वास्थ्य कक्ष

चितवन । नोबेल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि पुनः स्वास्थ्य कक्ष ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो । गएको माघ २२ गतेबाट दुई हप्ता कक्ष सञ्चालन गरिएको भए पनि त्यसपछि बन्द गरिएको थियो । हेल्थ डेस्क पुनः आजदेखि सञ्चालनमा ल्याइएको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरले बुधबार महानगरपालिकालाई...

महिला सहकारीलाई वाग्मती प्रदेशको २ लाख

मकवानपुर । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले महिलाद्वारा सञ्चालित १३ वटा सहकारीलाई पुरस्कृत गर्ने भएको छ । नारी दिवसको अवसरमा पारी मन्त्रालयले १३ जिल्लाका एकरएक वटा उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न लागेको हो । विपन्न र सीमान्तकृत समुदायको बाहुल्य रहेको, सम्बन्धित वडालाई पूर्ण रूपमा समेटेको, स्रोत परिचालन, असुली र निक्षेप राम्रो भएका सहकारीलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी...