उपत्यका

विदेशी लगानी भित्रिएर टेलिभिजन उद्घाटन गरिनु जायज होइनः प्रदीपकुमार ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विदेशी लगानी भित्रिएर टेलिभिजन उद्घाटन गरिनु जायज नभएको बताएका छन् । प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आइतबार काठमाडौंमा गरेको ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक कार्यक्रममा ज्ञवालीले बाह्य लगानीमा निषेध गरेको क्षेत्रमा लगानी हुनु र प्रधानमन्त्रीले नै त्यसको उद्घाटन गर्नु जायज नभएको बताएका हुन् । यसअघि पतञ्जलीले शुभारम्भ गरेको दुई नेपाली...

एमाले १०औं महाधिवेशनः पदका आकांक्षी बढ्दै

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पदका आकांक्षी बढ्दै गएका छन् । अबको एक सातापछि एमालेले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । एमालेको १०औं महाधिवेशनमा १०, ११ र १२ मंसिरमा चितवनमा हुँदै छ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना...

टक्कर दिने कोहि नभएपछि ओली पुनः अध्यक्ष बन्ने निश्चित

काठमाडौं। एमालेको १०औं महाधिवेशनबाट अध्यक्षमा पुनः केपी शर्मा ओली नै दोहोरिने निश्चित भएको छ । नवौं महाधिवेशनमा कक्षा नदोहोरुयाउने उद्घोष ओलीले गरेका थिए । तर, ओली समूहमा रहेका नेताहरूले एमालेमा ‘ओलीको विकल्प’ नै नभएको भन्दै उनकै नेतृत्वमा अगामी नेतृत्व सर्वसम्मत चयन हुने दाबी गरिरहेका छन् । एमालेका पूर्वप्रमुख माधवकुमार नेपाल, झलनाथ खनालले ओलीको कार्यशैलीप्रति विरोध गर्दै पार्टीबाट विद्रोह गरेर...

काठमाडौँ विश्वकै नवौँ प्रदूषित शहर

    काठमाडौँ– नेपालको संघीय राजधानी काठमाडौँ विश्वकै प्रदूषित शहरको नवौँ नम्बरमा परेको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम–२.५ (पार्टिकुलेट म्याटर)को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ । जुन घातक हो । नेपालमा पनि यो सूचकांक पाँच सयसम्म नाघ्ने गरेको छ...

स्टाफ नर्स बेलायत पठाउने तयारी

  काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले बेलायतमा रोजगारीका लागि १० हजार स्टाफ नर्स पठाउने तयारी भएको जानकारी दिएका छन् । उनले नेपालमा बेरोजगार अवस्थामा रहेका स्टाफ नर्स पठाउनका लागि सम्झौताको तयारी गरिरहेको जानकारी दिए। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले बेलायतजस्ता अन्य आकर्षण सुरक्षित गन्तव्य देशको पनि खोजी गरिरहेको जानकारी दिए । उनले भने, नेपालीका...

संघीय निजामती कानुनमा अझै जालझेल

काठमाडौं। सरकारी अधिकारीहरूको अकर्मण्यताका कारण मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुृख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन आउन सकेको छैन । प्रतिनिधि सभामा पेस भइसकेको संघीय निजामती सेवा विधेयकलाई पारित गर्नुको साटो सरकारले उल्टै फिर्ता लिएर संघीय निजामती कानुन तत्कालका लागि ल्याउने बाटो अवरुद्ध गरेको हो । सरकारले दूरगामी महत्वको यो कानुन संसद्लाई छलेर अध्यादेशमार्फत ल्याए त्यसले प्रशासन सुधारमा...

सुस्ताएको सुरुङमार्गमा काठमाडौं सीडीओको छड्के

काठमाडौं। सबैतिर चासो भए पनि नेपालको पहिलो सुरुङ मार्ग आयोजना नागढुंगा सुरुङ मार्ग अहिले सुस्ताएको अवस्थामा छ । कुनैबेला यो आयोजनाले निकै गति लिएको थियो तर एकाएक आयोजनाको निर्माण कार्य कछुवाको गतिजस्तै भएपछि शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० गोविन्द रिजाललगायतको सरकारी उच्च टोलीले आयोजना स्थल पुगेर आकस्मिक छड्के मात्रै गरेनन्, सो आयोजना छिटोभन्दा छिटो सक्न आयोजनाका कर्मचारीहरूलाई निर्देशनसमेत...

अझै दलित र गैरदलितबीच भेदभाव

काठमाडौं। साँफेबगर, अछाम पानीको मुहान एउटै, गाउँ र टोल पनि एउटै तर खानेपानीको धारा भने जातका आधारमा फरक फरक । एकै मुहानमा तीन कुवा छन्, एउटा क्षत्री समुदायको कुँवर जातिले प्रयोग गर्छन् । अर्को कुवा दलित समुदायको विश्वकर्मा जातिले प्रयोग गर्छन् । यसैगरी, अर्को छेउको कुवा दलित समुदायकै आउजी अर्थात् परियार जातिले प्रयोग गर्दै आएका छन् । तीनै कुवाको...

डिसेम्बरसम्म अनुमोदन नभए एमसिसी फिर्ताः अमेरिका

काठमाडौं। अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड डलरको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) फिर्ता लैजाने तयारी गरेको छ। नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँगको शिष्टाचार भेटमा एमसिसी छिटो अनुमोदन गराउन आग्रह गर्दै नभए फिर्ता लैजाने बताएका हुन्। लुले अन्य मुलुकले...

एसईई मूल्याङ्कन कस्दैः न्यूनतम ३५ प्रतिशत ल्याउनैपर्ने

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सैद्धान्तिकतर्फ न्यूूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउन नसक्ने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गर्न लागिएको छ । एसईईमा अहिले भइरहेको व्यवस्थाअनुसार सैद्धान्तिक र आन्तरिक मूल्याङ्कन दुवैतर्फको प्राप्ताङ्कलाई जोडेर नतिजा प्रकाशन गर्ने गरिएको छ । सैद्धान्तिकमा थोरै अङ्क ल्याए पनि आन्तरिक मूल्याङ्कनमा विषय शिक्षकले दिने उच्च अङ्कका कारण परीक्षार्थीको समग्र...