समाचार

नेपाली पहिचान जीवन्त बनाउन भाषा र सँस्कृति जरुरीः मन्त्री लामिछाने

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले भाषा र संस्कृति पहिचानको आधार स्तम्भ भएको बताएका छन् । मन्त्री लामिछानेले नेपाली पहिचान जीवन्त बनाउन भाषा र संस्कृति जरुरी भएको बताए । सार्वजनिक सेवा प्रशारण, रेडियो नेपालको आयोजनामा आइतबार हेटौंडामा भएको राष्ट्रभाषाको समाचार तथा कार्यक्रम प्रशारणको सवाल र प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रदेश...

रवि लामिछानेमाथि राज्यले दमन गरिरहेको भन्दै रास्वपाले मानव अधिकार आयोगमा उजुरी दियो

काठमाडौं । थुनामा रहेका पार्टी सभापति रवि लामिछानेमाथि सरकारले मानवअधिकारकै हनन् हुने क्रियाकलाप गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण व्यवहार र मानवअधिकारको ख्यालै नगरी विभिन्न गतिविधि गरिरहेको भन्दै रास्वपाले मानव अधिकार आयोगमा उजुरी दिएको हो । उजुरीमार्फत रास्वपाले सभापति लामिछानेको जीउ ज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा...

४६ अङ्कले घटेर शेयर बजार राताम्मे, ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार झण्डै ४६ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्स आज ४५ दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ८९ विन्दुमा झरेको हो । आज सबै समूहको शेयर घटेको छ । मानुषी लघुवित्त, लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल, जोशी हाइड्रोपावर र सामुदायिक लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा...

विवाहपञ्चमीको अवसरमा ३४ जोडीको सामूहिक विवाह

काठमाडौं ।  विवाहपञ्चमी महोत्सवको अवसरमा धनुषाको जनकपुरधाममा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व हिन्दु परिषद् नेपालको आयोजनामा ३४ जोडीको सामूहिक विवाह सम्पन्न गरिएको हो । उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषद्ले व्यवस्थापन गरेको छ । परिषद्का जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार २० वर्ष पुगेको नागरिकता वा जन्मदर्ताको आधारमा उनीहरुलाई विवाहमा सहभागी गराइएको थियो...

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा

काठमाडौं । तीन दिने भ्रमणको लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुग्नुभएको छ । उहाँ दिउँसो साढे १२ बजे काठमाण्डौ ओर्लिनुभएको हो । लू दक्षिण तथा मध्य एसियाली मामिलाका सहायक विदेशमन्त्री हुनुहुन्छ । भारत र श्रीलङ्काको भ्रमणपछि उहाँ नेपाल आउनुभएको हो । दक्षिण एशियाभरि आफ्नो कूटनीतिक भ्रमणमा रहनुभएका लू नेपालका वरिष्ठ नेताहरू र नागरिक समाजसँग साक्षात्कार गर्न काठमाण्डौमा...

झापामा ८३ वर्षीया बृद्धाको हत्या, दुई पक्राउ

काठमाडौं । झापामा ८३ वर्षीया बृद्धाको हत्या भएको छ। शनिबार अपरान्ह हत्या गरेको अवस्थामा झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोलकी फूलमाया मुर्मुको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका-७ २४ वर्षीय अशोक यादवलाई पक्राउ गरेको छ। हत्या गरेको अवस्थामा मुर्मुको शव फेला परेपछि प्रहरीले कुकुरसहितको टोली परिचालन गरेको थियो।...

एनपीएलः जनकपुरको रोमाञ्चक जित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले रोमाञ्चक जित हासिल गरेको छ। लुम्बिनी लायन्सलाई एक रनले पराजित गर्दै जनकपुरले एनपीएलमा लगातार चौथो जित निकाल्यो। जनकपुर बोल्ट्सले दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो। लुम्बिनीका लागि कप्तान रोहित पौडलले सर्वाधिक रन बनाए। उनले ३८ बलमा ३ चौकाको मद्दतमा...

हेटौंडामा हिरो जुुमको माइलेज टेस्ट क्याम्पियन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा उच्चतम फयुल इफिसियन्सलका लागि हिरो जुुमको माइलेज टेस्ट क्याम्पियन सम्पन्न भएको छ । गत बुधबार हेटौंडा–४ मा गरुडपथमा अवस्थित सीजि हिरो हेटौंडा स्वरुमले उक्त इस्कुटरको माइलेज बारे ग्राहकलाई जानकारी गराउने उदेश्यले प्रतियोगिताको आयोजना गरेको हो । बजारको महङ्गो प्रतिष्पर्धामा यस स्कुटरको माइलेजको प्रभावकारीता देखाउनु र हिरोलाई अगाडि लेराउनु यसको प्रमुख उदेश्य रहेको कम्पनीले...

साढे ४९ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्न ८० वटा कम्पनी पाइपलाइनमा

काठमाडौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आईपीओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपीओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कूल ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार पाँच सय ९६ बराबरको आईपीओ...

सिरिया स्वतन्त्र भएको विद्रोही समूहको घोषणा

काठमाडौं । सिरियाको विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले देश स्वतन्त्र भएको घोषणा गरेको छ । लडाकुहरु राजधानी दमास्कसमा प्रवेश गरेसँगै राष्ट्रपति बसर अल–असद राजधानी छाडेर भाग्नुभएको दाबी गर्दै एचटीएसले देश स्वतन्त्र भएको घोषणा गरेको बीबीसीले जनाएको छ । एचटीएसले आधा शताब्दी लामो असद शासनको अन्त्य भएको उल्लेख गर्दै अब विस्थापित वा कैदमा परेका मानिसहरू घर फर्कने बताएको छ...