राजनीति

माओवादीले यसरी गर्दैछ मञ्च व्यवस्थापन, खान र बस्न आफैले व्यवस्था गर्नुपर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकका लागि मञ्च व्यवस्थापनको काम भइरहेको छ । प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि सुरु हुने बैठकका लागि मञ्च व्यवस्थापनको काम भइरहेको केन्द्रीय कार्यालयले जनाएको छ । बैठक स्थलको मूलद्वारदेखि भित्रिद्वारसम्म ब्यानर राख्ने, मञ्च सजाउने काम भइरहेको केन्द्रीय कार्यालयको सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार बैठकका लागि चिया र तातोपानीको...

सोह्रौं आवधिक योजनाको अवधारणापत्र स्वीकृत

काठमाडौं । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६)को अवधारणापत्र स्वीकृत भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ योजनाको अवधारणापत्र स्वीकृत गरेको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए। राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेशको व्यवस्थाअनुसार आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। आयोगले नयाँ आवधिक योजनाको दस्तावेज तयार पारेर स्वीकृत गरिसक्नका लागि आगामी...

माओवादीले केन्द्रीय समिति विस्तार गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो । ३८५ सदस्यीय केन्द्रीय समितिलाई ४०७ सदस्यीय बनाउने माओवादीको तयारी छ । यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस गरिँदै छ । माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक...

कोशीको मुख्यमन्त्रीमा दोस्रोपटक उद्धव थापाको दाबी

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन् । प्रदेश प्रमुखको कार्यालय पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरेका हुन् ।

प्रधानन्यायाधीश सिफारिसको छलफलका लागि संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौं । संवैधानिक परिषद् बैठक सुरु भएको छ । बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा छलफल भइरहेको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की चारदिनपछि २० साउनबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिपक्षी दलका नेता...

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सोमबार सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २२ गते सोमबार पुन: बस्ने गरी स्थगन गरिएको सभामुख देवराज घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारी जानकारी दिए ।

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले दिए राजीनामा

काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन गरेको हस्ताक्षरलाई वैधानिकता सर्वोच्च अदालतले आदेश दिएपछि विवादमा परेका उनले पदबाट राजीनामा दिएका हुन् । एमाले हिक्मत कार्कीले मुख्यमन्त्रीमा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेशसभा प्रमुख परशुराम खापुङ्गले आह्वान गरे । सो क्रममा कांग्रेसका थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दा सभामुख...

गण्डकी प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्दैन : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताएका छन् । गोरखा नगरपालिका न्यायिक समितिको आयोजनामा आज सदरमुकाममा आयोजना गरिएको जिल्लास्तरीय न्यायिक समितिका पदाधिकारीको भेलालाई सम्बोधन गर्नुहुँदै उनले प्रदेश सरकारले प्राथमिकताका आधारमा मात्र विकासमा लगानी गर्ने उल्लेख गरे । “अनुत्पादक क्षेत्रमा बढी लगानी भयो, गण्डकी प्रदेश सरकारको अब त्यस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्ने नीति...

यौन दुरुपयोग अभियोगमा मनोज राई डेढ लाख धरौटी बुझाएर रिहा

बारा । बालयौन दुरुपयोग अभियोगमा पक्राउ परेका बारा निजगढ नगरपालिका वडा नम्बर २ सिङगौलका मनोज राई अदालतमा डेढ लाख धरौटी बुझाएर रिहा भएका छन । जिल्ला अदालत बाराको आदेशमा राई सोमबार डेढ लाख धरौटी बुझाएर रिहा भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । स्थानीय एक १३ वर्षीया किशोरीमाथि १ महिनाअघि यौन दुव्र्यवहार गरेको उजुरीपछि...

नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा जान तयार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । आज बालुवाटारमा शीर्ष नेताहरूबीच सहमति जुटेसँगै नाउपा सरकारमा सहभागी हुन तयार भएको हो । नाउपाले १ मन्त्री १ राज्यमन्त्री र २ समितिको सभापति पाउने सहमति भएको नागरिक उन्मुक्ति अध्यक्षसमेत रहेक‍ी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले जानकारी दिइन् । यसअघि साउन ८...