अर्थ

शेयर बजार चार अङ्कले बढ्यो, झन्डै ११ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । हप्ताको दोस्रो दिन आज शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से आज चार दशमलव शून्य ६ अङ्कले बढेर तीन हजार ८५ दशमलव शून्य सात विन्दुमा पुगेको छ । आज बैंकिङ समूहको शेयर झन्डै दुई अङ्कले, फाइनान्सको नौ अङ्कले, माइक्रोफाइनान्सको एक सय २४, उत्पादनको ४२ र लगानी समूहको शेयर दुई अङ्कले बढेको छ । होटल, विकास...

झिनो अंकले बढ्यो नेप्से परिसूचक, १२ अर्ब माथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक १ दशमलव २५ अंकले बढेर ३ हजार ८१ दशमलव ०५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२४ अंकले बढेको छ । कारोबार रकम भने १२ अर्ब रुपैयाँ नाघेको छ । यस अघिको अन्तिम कारोबार...

अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनी

काठमाडौं । सरकारले महालेखा नियन्त्रक मधु कुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरेको छ । यसअघि उनी महालेखा नियन्त्रक रहेका थिए । उनले आइतवार नै अर्थ सचिवको कार्यभार सम्हाल्ने छन् । गत साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थसचिवको जिम्मेवारीमा ल्याउने र ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय गरेको थियो ।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँ कायम भएको हो । शुक्रबार बजारमा छापावाला सुन पनि प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९००...

फेरी बढ्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा केही दिन यता सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ । बिहीबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा खरिद बिक्रि भएको छापावाल सुनको मुल्य आज ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९२...

नेप्से परिसूचकसँगै घट्यो सेयर कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार बढेर ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक बिहीबार १५ दशमलव ११ अंकले घटेर ३ हजार ७९ दशमलव ८३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४७ अंकले ओरालो लागेको छ । नेप्सेमा कारोबार हुने समूहगत...

बढ्यो सुन र चाँदीको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको छ । गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र चाँदी एक हजार २५५ रुपैयाँमा कारोबार भएको...

नेप्से परिसूचक हालसम्मकै उच्च, कारोबार रकम भने घट्यो

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार दोहोरो अंकले बजार बढेर नेप्से परिसूचक ३ हजार ९४ दशमलव ९४ अंकमा पुगेको छ । यो इतिहासकै उच्च विन्दु हो । यस अघि मंगलबार पनि २९.२४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । बुधबार पुनः नयाँ रेकर्ड...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ पुगेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत सोही दरमा वृद्धि हुँदै प्रतितोला ९१ हजार ६०० रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्य भने बुधबार अधिकतम प्रतितोला १५ रुपैयाँले...

सेयर बजार नयाँ उचाइमा, १५ अर्ब नाघ्यो कारोबार

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्सेले नयाँ रेकर्ड बनाएको छ। यस दिन परिसूचक ३ हजार ७९ अंकमा पुगेको छ, जुन अंक अहिलेसम्मकै उच्च हो। यसअघि आइतबार मात्रै परिसूचकले ३ हजार ५८ अंकको रेकर्ड बनाएको थियो। सोमबार ८ अंकले घटेको बजार आज फेरि २९‍.२ अंकले बढेको हो। परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। यस दिन १५ अर्ब १७ करोड...