विचार
विद्यालय र समुदायको अन्तरसम्बन्ध
विद्यालय समाजमा स्थापित एक व्यवस्थित किसिमको शिक्षा प्रदान गर्ने औपचारिक संस्था हो । विद्यालयको स्थापना व्यक्ति र समाजको भलाईका लागि भएको हुन्छ । विद्यालयले सामाजिक, साँस्कृतिक मूल्य, आदर्श नयाँ पुस्तामा हस्तान्तरण गर्ने र संस्कृतिको संरक्षण र सम्बर्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । विद्यालय समाजको अभिन्न अंगको रुपमा रहेको हुन्छ । विद्यालय विना समाजको प्रगति सम्भव छैन भने...
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः प्रचण्ड वेगमा सर्वोच्च रोक !
अब काम शुरु हुन लाग्यो भनी ढुक्क हुनेबेला नेपालकै हालसम्मको ठुलो आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा योजनाबद्ध सर्वोच्चको टाङ अड्काईले विकासप्रेमिहरुमा सन्नाटा छाएको छ । केही दिन अगाडी पत्रकारहरुलाई प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराले निजगढ विमानस्थल बन्ने/नबन्नेबारे अदालतले विचार गर्ने भनी दिएको अभिव्यक्तिले झनै प्रचण्ड विकास वेगमा न्यायालयको हस्तक्षेप हो कि भन्ने शंका गर्नुपर्ने अवस्थामा विषयवस्तु केन्द्रीत हुँदै गएको देखिन्छ ।...
शिक्षाको क्षितिज : केही सवालहरू
यौनलाई आधार बनाएर सिग्मण्ड फ्रायडले मनोविज्ञानको उदाहरण दिए । वास्तवमा यो संसारमा कुनै पनि प्राणीले यौनविना सन्तान उत्पादन गर्न सक्दैनन्, एकाध अपवाद वाहेक । सबैले बुझ्ने भाषा हाउभाउ र यौनेच्छाको हुने भए पनि यौनले मात्र विचार र चेतनाको विश्लेषण गर्नु सिग्मण्ड फ्रायडको भुल थियो । सामाजिक व्यवहारवादी सिद्धान्त तपाईले के बोल्नुभयो त्यो कुरा मुख्य होइन, तर तपाईले कुन सोचले...
कसले सुधार्छ मकवानपुर बहुमुखी क्याम्पस ?
मकवानपुर । हेटौंडामा रहेको मकवानपुर बहुमुखी क्याम्पस, हामी यहीँ पढ्छौं । यहाँ धेरै जिल्लाबाट आफ्नो भविष्य उज्वल पार्नका लागि अध्ययन गर्न विद्यार्थीहरु आएका छन् । त्यस मध्ये म पनि एक हुँ । म अहिले ११ कक्षामा पत्रकारिता विषय रोजेर आफ्नो अध्ययन अघि बढाइरहेको छु । म पनि अन्य विद्यार्थी जस्तै भविष्य उज्वल बनाउन यहाँ आए । यहाँ भर्ना हुनु...
संस्कारमा गढेकाे सामन्तवाद
शिक्षा मन्त्रालयले शिक्षा ऐनमा सत्ताइसवटा संसोधन प्रस्ताव गरेको छ । मन्त्रीमण्डल परिवर्तन भएको छ । हाम्रो शिक्षाप्रणाली शासकको चाकडी गर्ने कर्मचारीतन्त्र जन्माउने मोडेलको छ । अनुत्पादक र सैद्धान्तिक ज्ञानको बाहुल्यता भएको पाठ्यक्रम लागु गर्ने र विदेशीलाई अनुदान लिन स्वीकार गरिएको पाठ्यक्रम ढाँचा छ । अनि जतिसुकै शिक्षित भए पनि शासक र शक्तिको अगाडि पुच्छर डोलाउने बौद्धिक वर्ग उत्पादन केन्द्र...
पर्यटक पर्खंदै तनहुँसुर
दमौली । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । सरकारको यो घोषणालाई मूर्त रुप दिन जिल्लास्तरमा विभिन्न समिति, उपसमिति पनि गठन गरिएका छन् । नेपालका विभिन्न ठाउँमा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार र प्रबद्र्धन गरी धेरैभन्दा धेरै पर्यटक सन् २०२० मा भित्र्याउने सरकारको लक्ष्य हो । यो लक्ष्य पूरा गराउन जिल्लाको व्यास नगरपालिका–११ स्थित तनहुँसुरले पनि...
प्लास्टिक सोहोरेर समाज सेवा
भद्रपुर । आफू बसोबास गर्ने शहरभरि प्लास्टिकको फोहर बढेपछि चिन्तित बनेका झापाको अर्जुनधारा नगरपालिका वडा नं ११ निवासी पूर्व माओवादी लडाकू गणेश ढुङ्गाना सरसफाइमा एक्लै कस्सिएका छन् । असल कार्यको शुरुआत एक व्यक्तिबाटै हुन्छ भने झैं उहाँको दुई साताको प्रयासबाटै झापाको बुट्टाबारी बजार प्लास्टिकको फोहरमुक्त भएको छ । झापाको सबैभन्दा ठूलो व्यापारिक शहर हो विर्तामोड । शहरको पूर्वी किनारामा...
कृषि युगको सम्झनामा ‘भुस पोल्ने पर्व’
‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती, छोटेमोटे हो, पाउलाई ढोग्यौँ, देख्यो कि देखेनौ’ शङ्खु ९मूल० घरलाई फेरो मार्दै गाउँलेहरु गीत–गाथा हाल्छन् । हातमा राँको, जाँडको ठेकी र लेकाली कटुसको स्याउला नचाउँदै नजीकैको शङ्खुबारी पुग्छन् । शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पुज्छन् । गुरुबा र गाउँका अगुवाले ढुङ्गा छेउ लिङ्गो ठड्याउँछन्, धूपबत्ती गर्छन् र जाँड चढाउँछन् ।...
७५ मुद्दाका प्रतिवादी बालक
बाँके । जिल्ला अदालत बाँकेमा ७५ वटा मुद्दाका प्रतिवादी बालक रहेका छन् । विभिन्न जिल्लामा आपराधिक घटनामा संलग्न रहेको अभियोग लागेका ११९ जना बालबालिकालाई बाल सुधार गृह बाँकेमा राखिएको छ । चोरी, लागुऔषध कारोबार र बलात्कारको अभियोग लागेका उनीहरुमध्ये ४६ जना बलात्कार मुद्दासँग सम्बन्धित छन् । “जबर्जस्ती करणी मुद्दाका बालक १०–१८ उमेर समूहका छन्,” जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख...
भत्ता नपाउँदा ज्येष्ठ नागरिकको चाड खल्लो
सामाजिक सुरक्षा भत्ताबापतको रकम आठ महिना बित्दा पनि सप्तरीको बलान बिहुल गाउँपालिकाका लक्ष्यित समुदायले पाउन सकेका छैनन् । सरकारले दिँदै आएको भत्ता रकम समयमा नपाए पछि यहाँका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल र दलित समुदायले गाउँपालिकाका वडाध्यक्ष र गाउँपालिकाका अध्यक्षसँग “हाम्रो भत्ता किन आएन” भनेर दिनहुँ जसो गुनासो गर्ने गरेका छन् । दिनहुँ गुनासो गर्दा पनि स्थानीय तहले...