अन्तराष्ट्रिय
सिरिया स्वतन्त्र भएको विद्रोही समूहको घोषणा
काठमाडौं । सिरियाको विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले देश स्वतन्त्र भएको घोषणा गरेको छ । लडाकुहरु राजधानी दमास्कसमा प्रवेश गरेसँगै राष्ट्रपति बसर अल–असद राजधानी छाडेर भाग्नुभएको दाबी गर्दै एचटीएसले देश स्वतन्त्र भएको घोषणा गरेको बीबीसीले जनाएको छ । एचटीएसले आधा शताब्दी लामो असद शासनको अन्त्य भएको उल्लेख गर्दै अब विस्थापित वा कैदमा परेका मानिसहरू घर फर्कने बताएको छ...
एलन मस्कले ट्रम्पको चुनावी अभियानलाई २५ करोड डलरभन्दा धेरै चन्दा दिएको खुल्यो
काठमाडौं । संसारकै धनी व्यक्ति एलन मस्कले अमेरिकी राष्ट्रपतिको चुनावका क्रममा डोनाल्ड ट्रम्पको अभियानलाई २५ करोड डलरभन्दा धेरै चन्दा दिएको खुलेको छ । नेपालीमा यो रकम झन्डै ३४ अर्ब रुपैयाँ हुन आउँछ । यो रकम सन् २०१० पछि कुनै पनि दाताले कुनै पनि उम्मेदवार र दललाई दिएको चन्दामध्ये सबैभन्दा धेरै हो । स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका...
बिषाक्त झोलाका कारण मेक्सिकोमा १३ बालबालिकाको मृत्यु
मेक्सिको सिटी । मध्य मेक्सिकोमा एउटा झोलाका कारण १४ वर्ष मुनिका १३ बालबालिकाको मृत्यु भएको छ । ती सबै बालबालिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मेक्सिकन अधिकारीहरूले ती बच्चाहरूले दूषित आइभी फिडिङ झोलाको प्रयोगका कारण मृत्यु भएको आशंका गरेका छन्। सुरक्षाको मामिलामा कदम चाल्दै र यस कारणले बालबालिकाको थप मृत्यु हुन नदिन स्वास्थ्य विभागले देशभरका चिकित्सकहरूलाई प्रोडक्टस हस्पिटलरियो...
नर्वेले अफगानिस्तानका राजदूतलाई मान्यता दिएन
काठमाडौं । तालिबानले आफ्ना देशका बालिका र महिलाप्रतिको व्यवहार यथावत् राखेको भन्दै नर्वेले अफगानिस्तानका लागि नियुक्त गरेको राजदूतलाई मान्यता नदिने घोषणा गरेको छ । अफगानिस्तानमा बालिका र महिलाको स्थितिमा थप कठोरता ल्याइएपछि नर्वेले सम्बन्ध कम गर्ने निर्णय गरेसँगै राजदूतलाई मान्यता नदिने भएको हो । अफगानिस्तानमा महिला तथा केटीहरूलाई १२ वर्ष उमेरपछि औपचारिक शिक्षाबाट निषेध गरिएको छ र क्रमशः सार्वजनिक...
बंगलादेशमा हसिनाको भडकाऊ भाषणको प्रसारणमा प्रतिबन्ध
काठमाडौं । बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको भडकाऊ भाषणको प्रसारणमा प्रतिबन्ध लगाइएको छ । अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) ले पूर्वप्रधानमन्त्रीको भड्काउने भाषण सामाजिक सञ्जालबाट हटाउन सबै अधिकारीहरूलाई निर्देशन दिएको छ । बुधबार, बंगलादेश छोडेपछि पहिलो पटक, शेख हसिनाले भर्चुअल सम्बोधनमा देशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसमाथि हमला गरेकी थिइन् । बंगलादेश सञ्चार संस्थाका अनुसार न्यायाधीश एमडी गुलाम मुर्तजा मौजुमदारको...
सुडानमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्सको आक्रमणमा २० जना नागरिकको ज्यान गयो
काठमाडौं । सुडानको डार्फर राज्यको एल फशर क्षेत्रमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा २० जना नागरिकको ज्यान गएको छ । आरएसएफले निहत्था नागरिकलाई लक्षित गरेर भएका आक्रमणमा २० जनाको ज्यान गएको डार्फर क्षेत्रका गभर्नरले मिन्नी मिनावीले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आरएसएफले एल फशर शहरको दक्षिणमा रहेको अबु जेरिगा क्षेत्रमा नरसंहार गरेको र...
अफ्रिकी देश नामिबियामा पहिलो महिला राष्ट्रपति निर्वाचित
काठमाडौं । अफ्रिकी देश नामिबियाले पहिलो पटक महिला राष्ट्रपति पाएको छ । नेतुम्बो नन्दी–नडैतवाह नामिबियाको राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला हुनुभएको बीबीसीले जनाएको छ । यसअघि उहाँले उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । उहाँ सत्तारूढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसन स्वापोको सदस्य हुनुहुन्छ । राष्ट्रपति चुनावमा नडैतवाहले ५७ प्रतिशतभन्दा बढी मत ल्याउनुभएको छ भने प्रतिद्वन्द्वी पाण्डुलेनी इतुलाले २६...
दक्षिण कोरियाली संकट: राष्ट्रपतिले राजिनामा नदिए देशभर हडताल
सियोल । दक्षिण कोरियाको सबैभन्दा ठूलो ट्रेड युनियन संगठनले राष्ट्रपति युन सुक एलको राजिनामा माग गर्दै हडताल आब्हान गरेको छ। १० लाख भन्दा बढी सदस्य भएको ट्रेड युनियनले युनले राजीनामा नगरेसम्म हडतालको आह्वान गरेको हो । दक्षिण कोरियाको सबैभन्दा ठूलो श्रम युनियनहरू मध्ये एक – कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियनले आफ्ना सदस्यहरूलाई राष्ट्रपति युन सुक योलले राजीनामा नगरेसम्म हडतालमा उत्रनआह्वान...
अमेरिकाद्वारा युक्रेनका लागि ७ सय २५ मिलियन डलरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा
काठमाडौं । संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि ७ सय २५ मिलियन अर्थात् ७५ करोड डलरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । यो सहायता रकम ल्यान्डमाइनको दोस्रो किस्ताका साथै हवाई आक्रमण प्रतिरोधी संरचना निर्माण र गोलाबारुद बनाउन खर्च हुनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि युक्रेनलाई अर्बाैं डलरको सहायता प्रदान गरिरहेको छ...
गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका हमासद्वारा जानकारी
काठमाडौं । प्यालेस्टाइनको विद्रोही समूह हमासले गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका जनाएको छ । आफूहरुले बन्धकहरुलाई सुरक्षित राख्ने कोसिस गरे पनि इजरायली आक्रमणकै कारण ३३ जना इजरायली मारिएका र केही हराइरहेको हमासले दाबी गरेको छ । हमासले इजरायली आक्रमणबाट बन्धकहरु मारिएको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ । केही भिडियोमा बन्धकहरुले घरपरिवारलाई आफ्नो अन्तिम सन्देश पठाएको सुनिन्छ...