मकवानपुर

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

मकवानपुर। नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत बन्यो । राजनीतिक...

बागमती प्रदेशका ११ सांसद एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा प्रवेश

मकवानपुर। नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका ११ सांसद एमाले त्यागेर माधव नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीलाई साथ दिने भएका छन् । मंगलबार वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर उनीहरुले नेकपा (एस)लाई साथ दिने भन्दै दल हस्ताक्षरमामा सनाखत गरेका हुन् । एमाले छाडेर नेकपा (एस)तिर जाने सांसदहरुमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान...

बागमती प्रदेश सरकारले थप ४ वटा कार्यालयहरु विस्तार गर्ने निर्णय

मकवानपुर । नागरिकहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ बागमती प्रदेश सरकारले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत थप ४ वटा कार्यालयहरु विस्तार गर्ने निर्णय गरेको छ । वन मन्त्रालय अन्तर्गतको प्रदेशमा बाढी पहिरो नियन्त्रणका लागि ३ वटा भू तथा जलाधार संरक्षण कार्यालय र पर्यटन क्षेत्रको विकास र विस्तारको काम गर्दै आएको पर्यटन विकास आयोजना उपशाखा गरी...

अष्टलक्ष्मीलाई हटाएर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनले तयारी

मकवानपुर | बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनले तयारी थालेको छ । डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य पार्टी विभाजनमा नलाग्ने भन्दै मुख्यमन्त्री बनेकी थिइन् । एमालेको एकल बहुमत रहेको बागमती प्रदेशसभामा लामो समय नेपालको साथमा रहेकी शाक्यले मुख्यमन्त्री पदका लागि ओली पक्षमा लागेको भन्दै आलोचना...

मकवानपुरबाट ४४ किलो गाँजासहित दुईजना पक्राउ

मकवानपुर । प्रहरीले ४४ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउपालिका–५ डिल्लिपुर बस्ने २४ वर्षीय रामचन्द्र मोक्तान र सोही गाउपालिकामा बस्ने २२ वर्षीय अर्जुन लोप्चन रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाउपालिका–५ जय सिंहस्थित खोलाको किनारामा ४४ किलो गाँजाको भारी बोकी हिंडिरहेको प्रहरीको दाबी छ । पक्राउ...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेको छ । शुक्रबार बिहान ११ बजे बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको अधिवेशन अन्त्य गरेको हो । बैठकले शुक्रबार राति १२ बजेबाट प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यो बैठक मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा बसेको दोस्रो मन्त्रिपरिषद्को बैठक...

यस्तो बन्दैछ इन्द्रसरोवर गाउँपालिकाको पाँच तले प्रशासकिय भवन

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकिय भवन निर्माण हुने भएको छ । प्रशासकिय भवन निर्माण गर्नका लागि आज राष्ट्रिय दैनिक पत्रिकामा ठेक्का समेत निस्कीएको छ । गाउँपालिकाको प्रशासकिय भवन, इजलास, पर्खाल समेत गरेर १२ करोड ३४ लाख रुपैयाँमा ठेक्का आवहान गरिएको गाउँपालिकाका इन्जिनियर आदर्श पोख्रेलले वताउनुभयो । साढे दुइवर्ष भित्रमा भवन निर्माण गरिसक्ने लक्ष राखिएको छ ।...

मकवानपुरमा ३५ संक्रमित थपिए, ८ संक्रमणमुक्त

मकवानपुर । पछिल्लो २४ घण्टामा मकवानपुर जिल्लामा ३५ जना कोरोना सक्रमित थपिएका छन् । स्वा्स्थय कार्यालय मकवानपुरले जनाए अनुसार मकवानपुरमा बिहीबार (आज) थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । १ सय १६ जनाको स्वाब परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार ८२ जनाको पिसिआर विधिबाट गरिएको...

सञ्चारकर्मी चौलागाईमाथि भएको दुर्व्यवहारप्रति पत्रकार महासंघको ध्यानाकर्षण

मकवानपुर । मकवानपुरका सञ्चारकर्मी विकल्प चौलागाईमाथि भएको दुर्व्यवहार प्रति पत्रकार महासंघ मकवानपुरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्ति जारी गर्दै महासंघले संचारमाध्यममा प्रकाशन एवम् प्रसारण भएका कुनै पनि विषयमा असन्तुष्टि भए पत्रकार आचारसंहिता एवम् कानुनी उपचारको बाटो हुँदाहुँदै संचारकर्मीमाथि दुर्व्यवहार हुनु निन्दनीय भएको जनाइएको छ । साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पनि सबैमा महासंघले आग्रह गरेको...

उत्तरी मकवानपुरको थाहा नगरपालिकाबाट १ सय ४ किलो गाँजासहित एकजना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नंबर ३ दोबाटो स्थित सडकखण्डबाट १ सय ४ किलो गाँजा सहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नंबर ८ बुढिचौर बस्ने ४१ वर्षीय अम्बर बहादुर घिसिङ रहेका छन् । मंगलबार डाँडाखर्कबाट...