मकवानपुर

वृद्धाश्रमलाई खाद्यन्न वितरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं १ मा रहेको ओम् वृद्धाश्रममा खाद्यन्न वितरण गरिएको छ । प्रोफेस्नल एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित तुलसी मेयर माध्यामिक विद्यालय र नारयणी कलेज हेटौंडाले वृद्धाश्रमलाई खाद्यन्न वितरण गरेको हो । वृद्धाश्रमलाई फाउन्डेसनले पचास हजार बराबरको खाद्यन्न वितरण गरेको हो । आश्रममा पुगेर स्कूल व्यवस्थापन समितिका अध्यक्ष यम सिलवाल, फाउन्डेसनका सचिव हेमन्त ढुंगेल, सञ्चालन पुरुषोत्तम खनाल,...

उत्तरी मकवानपुरमा हिमपात, जनजीवन प्रभावित

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा हिजो रातिदेखि निरन्तर वर्षासँगै हिमपात भएको छ । थाहा नगरपालिकास्थित सिमभञ्ज्याङ, दामन लगायतका स्थानमा फेरि हिमपात भएको हो । हिमपातका कारण सवारी आवागमनमा समेत समस्या भएको प्रहरीले जनाएको छ । हिमपातले जनजीवन थप प्रभावित बनेको छ । काठमाडौं उपत्यका लगायत देशका केही ठाउँमा अझै केही दिन वर्षासँगै हिउँ पर्ने मौसम विज्ञान विभागले जनाएको छ...

राष्ट्रिय औद्योगिक व्यापार मेला आज उद्घाटन नहुने

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले आयोजना हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेला बिहीबार(आज) उद्घाटन नहुने भएको छ । आजबाट हुने भनिएको राष्ट्रिय औद्योगिक व्यापारिक मेला प्रतिकुल मौसमको कारण नहुने भएको हो । हिजोदेखि हावाहुरीसँगै निरन्तर परेको पानीले मेलास्थलमा क्षति पुर्याएकोले आज उद्घाटन गर्न नसकिने प्रवक्ता काव्यमणि अधिकारीले जानकारी दिए । ‘मेलास्थलमा राखिएका स्टललाई हावाहुरीले उडाउनुका साथै धेरै क्षति...

घुम्न कर्मचारीलाई एक महिनाको तलब

मकवानपुर । प्रदेश ३ सरकारले आफ्नो मातहतमा रहेका कर्मचारीलाई घुम्नका लागि एक महिनाको तलब उपलब्ध गराएको छ। आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदेश सरकारले रकम उपलब्ध गराएको समाचार कान्तिपुर दैनिकले छापेको छ। प्रदेश ३को राजधानीबाहेकका स्थानमा कर्मचारीले कम्तीमा पाँच दिन भ्रमण गर्नैपर्ने नियम सरकारले बनाएको छ। भ्रमण गरेको तस्विर र प्रतिवेदन सम्बन्धित कर्मचारीले पेश गर्नुपर्ने प्रावधान छ। गत असार...

राष्ट्रिय औद्योगिक व्यापार मेलाको सबै तयारी पूरा

मकवानपुर । भोली (बिहीबार) देखि हेटौंडामा सुरु हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको सबै तयारी पूरा भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा ११ दिनसम्म सञ्चालन हुने मेलाको सबै तयारी पूरा भएको हो । वुधबार ( आज) हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले मेलामा ५१ फिट अग्लो राष्ट्रिय झण्डा फहराइने जनाएको छ । राष्ट्रप्रति सम्मान जनाउँदै मेलाको आकर्षणको रुपमा...

अपाङ्गता भएकालाई छुट दिन यातायात व्यवसायी प्रतिबद्ध

मकवानपुर । शारिरीक रुपमा अपाङ्गता भएकालाई भाडाका सवारी साधनमा सुविधा दिन यातायात व्यवसायीहरुले प्रतिवद्धता जनाएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ३ ले मंगलबार हेटौंडामा आयोजना गरेको अपाङ्गता भएकालाई यातायात सुविधा सम्बन्धी अन्तरक्रियामा उनीहरुले प्रतिवद्धता जनाएका हुन् । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ अनुसार अपाङ्गता भएकालाई सार्वजनिक सवारी साधनमा भाडामा ५० प्रतिशत छुट र कम्तीमा दुई...

५ मिनेटको फरकमा दुई भूकम्प: मकवानपुरमा समेत धक्का महशुस

मकवानपुर । मंगलबार सिन्धुपाल्चोक र दोलखा केन्द्रबिन्दु भएर दुई वटा भूकम्पका धक्का गएको छ। पाँच मिनेटको फरकमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.१ र दोलखा केन्द्रबिन्दु भएर ४.४ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का मकवानपुरमा समेत महशुस भएको छ । केन्द्रका अनुसार दिउँसो ४ बजेर २० मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.१ रिक्टरस्केलको भूकम्पको...

मकवानपुरका कुखुरालाई ‘बर्ड फ्लु’ नभएको दाबी

मकवानपुर । मकवानपुर कुखुरा व्यवसायी संघले मकवानपुरका कुखुरालाई ‘बर्ड फ्लु’को संक्रमण नभएको दाबी गरेको छ । विभिन्न संचार माध्यमहरुमा हेटौंडामा बर्ड फ्लुको संक्रमणबाट १२ हजार कुखुरा मरेको हुनसक्ने समाचार आएपछि संघले ती कुखुराहरु बर्ड फ्लु संक्रमणबाट नमरेको दाबी गरेको हो । मंगलबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राजु अधिकारीले बर्ड फ्लु हेटौँडामा नभएको बताए । नेपालमा हाल...

उद्यम परियोजना प्रस्तावना लेखन प्रतियोगिता सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला युवा समितिको समन्वयमा उद्यम परियोजना प्रस्तावना लेखन प्रतियोगिता आज हेटौंडामा सम्पन्न भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदको बार्षिक कार्यक्रम अनुसार युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत उद्यम परियोजना प्रस्ताव लेखन तथा प्रस्तुतिकरण प्रतियोगिता संचालन भएको हो । मकवानपुर बहुमुखि क्याम्पसमा भएको उक्त प्रतियोगितामा ६ जना प्रतिष्पर्धी सहित...

राक्सिराङबाट फेरि गाँजा बरामद, घरधनी फरार

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट प्रहरीले फेरि लागूऔषध गाँजा बरामद गरेको छ । राक्सिराङ गाउँपालिका वडा नं ६ स्थित जीतबहादुर स्याङतानको घरबाट मकवानपुर प्रहरीले ८४ किलो ४ सय ग्राम गाँजा बरामद गरेको हो । सोमबार (हिजो) विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बोराहरुमा लुकाई छिपाई राखिएको अवस्थामा स्याङतानको घरबाट गाँजा बरामद गरेको हो । ५...