मकवानपुर

प्रदेश ३ नाम र राजधानीः नेकपाभित्रै असन्तुष्टि

मकवानपुर । प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने नेकपा सचिवालयको निर्णयमा पार्टीका प्रदेशसभा सदस्यले आपत्ति जनाएका छन् । प्रदेशसभाले गर्ने निर्णयमा पार्टी केन्द्रबाट हस्तक्षेप भएको आरोप उनीहरूको छ । शुक्रबार र शनिबार प्रदेश संसदीय दलको बैठकमा बोल्ने कतिपय सदस्यहरूले भने पार्टी सचिवालयको निर्णय मान्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । बैठकमा शुक्रबार बोलेका १७ जना प्रदेशसभा...

मकवानपुरमा गोली प्रहार गरी लागुऔषध कारोबारी पक्राउ

मकवानपुर । मकवानपुरमा ३२ किलो लागू औषध गाँजा र कारसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार चालक भारत मोतिहारी पूर्वी चम्पारणका ३७ वर्षीय दिलिपकुमार सिंह, कारमा सवार मोतिहारीकै १८ वर्षीय उज्जलकुमार ठाकुर, रौतहट यमुनामाई ४ का २४ वर्षीय विकाश सिंह रहेको मकवानपुर प्रहरीले बताएको छ । उनीहरुलाई हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे र चुरियामाई बीच जंगल स्थित पूर्व पश्चिम...

हेटौंडामा माक्सवादी दर्शन र नेपाली साहित्यबारे बहस

मकवानपुर । महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको दर्शन र गद्य आख्यान विभागको सहकार्य आज हेटौंडामा विचार गोष्ठी र रचना वाचन कार्यक्रम भएको छ । कार्यक्रममा माक्र्सवादी दर्शन र समकालिन नेपाली कथामा त्यसको प्रयोग तथा समकालिन नेपाली उपन्यासमा अञ्चलिकता विषयमा कार्यपत्र प्रस्तुत, टिपप्णी तथा बसह भएको थियो । माक्र्सवादी दर्शन र समकालिन...

काभ्रेलाई राजधानी बनाउन नेकपा सांसदहरुले चलाए हस्ताक्षर अभियान, कांग्रेसको समर्थन

मकवानपुर । प्रदेश ३ का अधिकांश सांसदले प्रदेश राजधानी काभ्रे बनाउन जोड दिएका छन्। पुस २२ गते हुने प्रदेश नाम र राजधानी छनोट निर्वाचनमा सत्तारुढ र कांग्रेसका प्रदेश सांसदले काभ्रेलाई राजधानी बनाउने गरी आन्तरिक तयारी गरेका छन्। नेकपाका सांसदहरुको प्रयासलाई कांग्रेसका सांसदहरुले समेत सघाउने तयारी गरेका छन्। पार्टी केन्द्रको निर्देशन अवज्ञा गर्ने गरी नेकपाका सांसदहरुले प्रदेश राजधानी काभ्रे बनाउने...

लुम्बिनी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिगतामा मकवानपुरलाई २३ पदक

मकवानपुर । नेपाल भ्रमण वर्षको अवसरमा नवलपुर जिल्लामा आयोजना भएको लुम्बिनी अन्तर्राष्ट्रिय तेक्वादोमा मकवानपुरका २३ जना खेलाडीले पदक जितेका छन् । राष्ट्रिय तेक्वान्दो संघ नेपाल मकवानपुरको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी विभिन्न तौलका खेलाडीले नौ स्वर्ण, आठ रजत र ६ वटा काँस्य पदक हात जितेका हुन्। उपाधि विजेतामा पुरुषतर्फ सब जुनियरमा कुशल साखी, १६ देखि ४५ किलो तौल समूहमा रिमेश...

मकवानपुरमा आशा लघुवित्तको निःशुल्क तालिम

मकवानपुर । आशा लघुवित्त वित्तीय संस्थाले मकवानपुरमा सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय बस्तीपुरमा आबद्ध सदस्यहरु मध्ये ५५ जना महिलालाई निःशुल्क लुगा धुने सर्फ तथा अचार बनाउने तालिम दिएको जनाएको छ। शाखा कार्यालय बस्तीपुरका शाखा प्रबन्धक प्रकाश रिजालले यस्तो किसिमको कार्यक्रमले महिलाहरु लाई उद्यमशिल बन्न सहयोग पुग्ने बताए। यस तालिमले यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक...

‘दुई दिनमै प्रदेश ३ को नाम र राजधानी टुङ्गो लाग्नेछ’ : मुख्यमन्त्री पौडेल

मकवानपुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले असन्तुष्टीहरुलाई पन्छाएर नेतृत्वको निर्णय कार्यान्वयन गर्नु कम्युनिष्ट कार्यकर्ताको कर्तव्य भएको बताउनुभएको छ । नेकपा प्रदेश ३ को संसदीयदलको आज भएको बैठकमा मुख्यमन्त्री पौडेलले नेकपा नेतृत्वले निक्कै नै सुझबुझका साथ गरेको निर्णयलाई प्रदेशका सदस्यहरुले एकमनाका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । “हामीसँग असहमतिहरु पनि होलान् ती सबै कुराहरुलाई एकातिर राखेर एउटा असल...

मकवानपुरको रातोमाटेमा जिप्रका बाराका प्रमुख प्रशासकीय अधिकृतको गाडी दुर्घटना

मकवानपुर । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर थापाको गाडी दुर्घटना भएको छ । निजि प्रयोजनका लागि काठमाडौं लिएर जाँदै गरेको अधिकृत थापाको स्कोर्पियो पिकअप भ्यान मकवानपुरको रातोमाटेमा दुर्घटना भएको हो । कलैयाबाट काठमाडौं हिडेको ना १ ज १५८५ नम्बरको उक्त पिकअपलाई हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ८ ख ७२४४ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला ट्राफिक...

कर्रामा ४० हजार नगदसहित सम्मानित भए स्वर्ण विजेता सञ्जीव

मकवानपुर । १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्न सफल मकवानपुरका सञ्जीव कुमार ओझालाई नगद ४० हजार रुपैयाँसहित सम्मान गरिएको छ । शुक्रबार (आज) सामाजिक संस्कार सेवा समिति कर्राले आयोजना गरेको कार्यक्रममा स्वर्ण पदक विजेता ओझा नगद ४० हजार रुपैयाँ सहित सम्मानित भएका हुन् । उनलाई समितिको तर्फबाट ५ हजार, हेटौंडा उपमहानगरपालिका वडा नं ४ को कार्यालयको तर्फबाट...

हेटौंडाका रुम्बालाई आत्महत्या दुरुत्साहनमा ३ वर्ष कैद

मकवानपुर । आत्महत्या दुरुत्साहनमा एक युवकलाई जिल्ला अदालत मकवानपुरले तीन वर्ष कैद सुनाएको छ । न्यायाधीश सीता शर्मा अधिकारीको बिहीबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका–१६ का २४ वर्षीय राजकुमार रुम्बालाई कैद फैसला गरेको हो । पत्नी रजनीले आत्महत्या गर्नेसम्मको परिस्थिति खडा गरेको ठहर गर्दै उनलाई आत्महत्या दुरुत्साहनमा सजाय तोकिएको हो । रजनीले ०७६ जेठ १५ गते झुन्डेर आत्महत्या गरेकी थिइन् । अभियुक्त भीमफेदी कारागारमा...