स्वास्थ्य/जीवनशैली

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण हुने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ । मन्त्रालयअन्तर्गत परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए/नभएको परीक्षण गर्ने भएको हो । फागुन महिनाभर देशैभर एकै साथ महिलामा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डा.विवेककुमार लालले जानकारी...

स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति

काठमाडौं । तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीयताअनुरुपको स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । हालसम्म नेपाल स्वास्थ्य सेवा ऐन २०५३ नै अस्तित्वमा रहेकामा यसले संघीयताअनुरुप कर्मचारीको व्यवस्थापन गर्न नसकेको...

भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार शुरू

चितवन – भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क शुरू गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क शुरू गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गएको कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय...

आज विश्व मधुमेह दिवस : बालबालिका, ज्येष्ठ नागरिकसहित सबै उमेर समूह जोखिममा

काठमाडौं । आज विश्व मधुमेह दिवस, ‘मधुमेह र स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । मधुमेह वा डायबिटिजलाई बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भन्ने गरिएको छ । दिवसको सन्दर्भमा गएको शुक्रवारदेखि विभिन्न संघसंस्थाले कार्यक्रम गर्दै आएका छन् । नेपालमा बढ्दै गएको मधुमेहको समस्या, यसको असर, पहिचान, उपचार र रोकथामका उपायबारे जनचेतनमूलक सन्देश दिने उद्देश्यले कार्यक्रम...

सरकारले आउँदो माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान शुरू गर्ने

काठमाडौं । सरकारले आउँदो माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान शुरू गर्ने भएको छ । पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीलाई निःशुल्क खोप लगाउने निर्णय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १५ दिनसम्म चल्ने खोप अभियानमा देशभरका १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नाै सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले...

निमोनियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । आज नोभेम्बर १२ तारिख, निमोनियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनले तय गरेको ‘निमोनिया रोकथामका लागि लडाइँ अभियान’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । सन् २००९ देखि मनाउन थालिएको दिवस त्यसयता हरेक वर्ष नोभेम्बर १२ तारिखका दिन मनाउने गरिएको छ । दिवसका अवसरमा निमोनिया र यसबाट बच्ने उपायका...

नेपालमा डेङ्गी सङ्क्रमण घट्दै

काठमाडौं ।  नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जाडो बढेसँगै सङ्क्रमण घट्दै गएको बताउनुभयो । उहाँका अनुसार सन् २०२४ को ४२औं हप्तादेखि नेपालमा डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेङ्गी सङ्क्रमणको ४५औं हप्ता चलिरहेको छ । ४२औं हप्तामा दुई हजार पाँच सय ८२ जनामा सङ्क्रमण पुष्टि...

डेङ्गी संक्रमण पुष्टि हुनेको सङ्ख्या २७ हजार नाघ्यो

काठमाडौं । देशका ७६ जिल्लामा फैलिएको डेङ्गी संक्रमितको सङ्ख्या २७ हजार जना नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याङ्कअनुसार देशभर गरी २७ हजार एक सय ५३ जनामा डेङ्गी पुष्टि भएको हो । डेङ्गीबाट ११ जनाको ज्यान गइसकेको छ । ७६ जिल्ला मध्ये सबैभन्दा धेरै कास्कीमा सात हजार ८० जना र काठमाण्डौमा चार हजार ६० जनामा संक्रमण...

देशभरका सबै सरकारी कार्यालयमा डेङ्गीविरुद्धको अभियान सञ्चालन हुने

काठमाडौं । सरकारले हरेक हप्ता शुक्रवार देशैभरका सबै सरकारी कार्यालयहरूमा डेङ्गी नियन्त्रणका लागि सरसफाई अभियान चलाउने निर्णय गरेको छ । डेङ्गी सङ्क्रमणको बढ्दो स्थितिलाई हेर्दै स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले शुक्रवार १० बजे १० मिनेटका लागि सबै सरकारी कार्यालयमा सरसफाई अभियान चलाउने निर्णय गरेको हो । सरकारी कार्यालयमा रहेको ग्यारेजसहितका ठाउँहरुमा प्रयोगविहीन टायर वा गाडीमा पानी जमेर बस्ने तथा त्यसले...

रोटरीको ‘इन्ड पोलियो नाउ’ विशेष कार्यक्रम

मकवानपुर । हरेक वर्ष जनचेतना फैलाउन विविध कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको रोटरी क्लब अफ मकवानपुरले यसवर्ष पनि पोलियो दिवसमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ । रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा आउँदो अक्टोबर २४ अर्थात कार्तिक ८ गते विहिबार हेटौंडामा पोलियो दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिन लागिएको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको...