अपराध/ प्रहरी गतिविधि
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद
भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय २५ ग्राम सुन बरामद भएको छ । मंगलबार दिउँसो विमानस्थलको आगमन टर्मिनल भवनको प्रवेशद्वार नजिकै महिला शौचालयबाट वेवारिसे अवस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी जर्नादन जिसीका अनुसार रियाज अहमद नाउको नाममा जारी भएको गोल्डेन स्टोन न्यू ज्वेलरीको दुई वटा २५ ग्राम र एक...
६ महिनामै अनलाइन ठगीका १० हजारभन्दा धेरै उजुरी
काठमाडौं । नेपालमा पछिल्लो ६ महिनामा अनलाइन ठगीका १० हजार सात सय वटाभन्दा धेरै उजुरी दर्ता भएका छन् । साउनदेखि पुस मसान्तसम्म दर्ता भएका उजुरीमा ६२ करोड रुपैयाँभन्दा धेरै ठगी दाबी भएको नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क छ । साइबर ठगीसम्बन्धी घटनाहरू साइबर ब्युरोमै दर्ता गर्नुपर्ने भएकोले सानातिना ठगीका घटनाहरू प्रहरीसम्म पुग्दैनन् । अघिल्लो आर्थिक वर्षमा अनलाइन ठगीका १९ हजार सात...
लागुपदार्थ सेवन गरी सवारी चलाउने दुई जना चालक नियन्त्रणमा
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुपदार्थ सेवन गरी सवारी चलाउने दुई जना चालकलाई नियन्त्रणमा लिएको छ । विहिबार विहान ११ः२० को समयमा समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट विशेष चेकिङमा खटिएको संयुक्त प्रहरी टोलीले मकवानपुरको भिमफेदी गाँउपालिका वडा नम्बर– १ बाघझोरा स्थित त्रिभुवन सडक खण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको...
क्यानडा र जापान पठाइदिने भन्दै २७ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने २ जना पक्राउ
काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा क्यानडा र जापान पठाइदिने भन्दै २७ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पर्साको पर्सागढी नगरपालिका–३ घर भई काठमाण्डौ महानगरपालिका–३२ बस्नै ३९ वर्षका शारदा कार्की र गुल्मीको सत्यवती गाउँपालिका–१ घर भई काठमाण्डौ महानगरपालिका–८ बस्ने ३० वर्षका रविन श्रेष्ठ रहेका छन् । शारदाले क्यानडा पठाइदिने भन्दै...
मकवानपुरमा भरुवा बन्दुकसहित एकजना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर– १ गडुवान बस्ने ५२ वर्षीय जीत बहादुर थिङ रहेका छन्। (हिजो) मंगलबार दिउँसो ५ बजेको समयमा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ स्थित हरियाली सामुदायिक वनबाट थिङ्लाई पक्राउ गरेको हो...
कटुवा पेस्तोलसहित २ जना पक्राउ
काठमाडौं । सिराहामा कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । गोलबजार नगरपालिका- ११ बल्कबाबाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका- १२ बेतौना बस्ने १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय विष्णुकुमार महतो छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको...
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
काठमाडौं । अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङको विराटनगर महानगरपालिका १५ एक नम्बर ढाटबाट अवैध लागुऔषध खैरो हेरोइन १ ग्राम ३ सय ६० मिलिग्रामसहित उदयपुर बेलका नगरपालिका ४ रामपुर बस्ने ४० वर्षीय सुरज खड्का पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका...
काठमाडौंबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना भारतीय नागरिक पक्राउ
काठमाडौं । काठमाडौंको ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै गरेको अवस्थामा चार जना भारतीय नागरिक पक्राउ परेका छन् । अपहरणमा परेका चिनियाँ नागरिकको मकवानपुरको भीमफेदीबाट उद्धार गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । हिजो ठमेलबाट एक जना चिनियाँ नागरिक अपहरणमा परेको खबर आएलगत्तै उपत्यका अपराध...
लागुऔषधसहित दुई भारतीय र एक नेपाली नागरिक पक्राउ
मकवानपुर । मकवानपुरमा लागुऔषध चरेश र अफिमसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । गएराति २ः०० बजेको समयमा इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलिले २१ किलो ४६० ग्राम चरेश र ३ किलो ४ सय ७० ग्राम अफिमसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । पक्राउ पर्नेमा भारतको हरियाणा बस्ने २५ वर्षीय कुनाल...
वैदेशिक राेजगारीमा विभिन्न देश पठाइदिने भन्दै २१ लाख रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ
काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै २१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–१० घर भई काठमाण्डौ महानगरपालिका–९ बस्ने २८ वर्षीय रोकशकुमार रावत, काभ्रेको रोशी गाउँपालिका–११ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने ३३ वर्षीय दूधराज थिङ र दाङको तुलसीपुर उपमहानगरपालिका–५ घर भई ललितपुरको महालक्ष्मी–१०...