अपराध/ प्रहरी गतिविधि

नवजात शिशुलाई बेपत्ता पारेको आराेपमा डाक्टरसहित ६ जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका-९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-२ घर भई दिपेश मेडिकल हलका संचालक ६८ वर्षीय डा. तपेश्वर लाल कर्ण, विराटनगर महानगरपालिका-९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका-२ बस्ने ४६ वर्षीया दिलमाया राजवंशी...

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

सिन्धुली । दुधौली नगरपालिका-१० कोक्टीस्थित जयन्ता कटवालको सौरभ होटलमा जुवातास खेलिरहेको अवस्थामा कटवाल समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी कमजाखोजठाडी दुधौलीबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ३० हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

लागूऔषधसहित आठजना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्रामसहित घोडाघोडी नगरपालिका-१० बस्ने २३ वर्षीय उमेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने...

बलात्कार आराेपमा एकजना पक्राउ

दाङ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा, रोल्पा नगरपालिका-४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगीलाई प्रहरीले पक्राउ गरेको छ । डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ...

ललिता निवास प्रकरण : सीआईबीले बुझायो सरकारी वकिल कार्यालयलाई प्रतिवेदन

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा गरेको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ। ललिता निवासको संगठित र कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान प्रतिवेदनसहित सक्कल र नक्कल फाइलहरु जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि नेउपानेले जानकारी दिए। प्रतिवेदनमा २ सय ७० भन्दा बढीलाई प्रतिवादी बनाइएको छ । यो...

मापसे गरी सवारी चलाउने दुई जना कैलालीबाट पक्राउ

धनगढी । कैलालीमा लागूऔषध सेवन गरी गाडी चलाइरहेका दुई जना सवारी चालक पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुर स्थित मोहना–अत्तरिया ६ लेन सडक खण्डमा लागुऔषध सेवन गरी गाडी चलाइरहेका २ जना पक्राउ परेका छन्। ५ जना सार्वजनिक सवारीसाधन चलाउने चालकलाई चेकजाँचका क्रममा दुई चालकले लागुपदार्थ सेवन गरी चलाई राखेको भेटिएपछि ट्राफिक प्रहरी कार्यालय कैलाली र सु।प प्रदेश प्रहरी...

बलात्कार आराे‍पमा एकजना पक्राउ

झापा ।  २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दमक नगरपालिका-५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका-३ घर भएका ४३ वर्षीय मोहन बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई ललाई फकाई गत साउन १८ गते दिउँसो दमक नगरपालिका-८ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो...

पचरौताकी उपप्रमुख खातुनसहित परिवारमाथि कुटपिट

बारा । बारा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिवार राति एक समूहले आक्रमण गरेका छन् । बैरियास्थित घरमा करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीसहित परिवारमाथी आक्रमण गरेका हुन् । आक्रमणबाट उपप्रमुख खातुन, उनका पति अंसारीसहित परिवारका सदस्य घाइते भएका छन् । घाईतेको गण्डकस्थित न्युरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घरमा...

हेटौंडाको बसपार्कबाट एक जना पक्राउ

मकवानपुर – प्रहरीले हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित सार्वजनिक शौचालयबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका ११ नवलपुर बस्ने ४४ बर्षीय मनोज बर्तौला रहेका छन् । विशेष सुचनाको आधारमा पुगेको प्रहरीले बर्तौलालाई शंका लागेर चेकँजाच गर्दा उनको साथबाट खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ अन्दाजी १ ग्राम ३५० मिलीग्राम फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको...

बलात्कारको आरोपमा एक पक्राउ

बर्दिया । बलात्कारको आरोपमा ५३ बर्षिया पुरूषलाइ पक्राउ गरिएको छ । मधुवन नगरपालिका– १ बहादुरपुरका ५३ वर्षीय कर्णबहादुर विश्वकर्मा पक्राउ गरिएको हो । सुष्त मनिस्थीतिकी २४ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरे पछि उजुरी आएपछि बर्दिया प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान प्रकिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तथा सुचना अधिकारी हिक्कतबहादुर बोहोराका अनुसार...