अपराध/ प्रहरी गतिविधि

एलओडीका सञ्चालक रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ

काठमाडौं । काठमाडौं ठमेलमा सञ्चालित चर्चित नाइट क्लब एलओडीका रुदिल बल्लव श्रेष्ठ पक्राउ परेका छन् । नाबालिगलाई प्रवेश गराएको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको हो । यसअघि बिहीबार सोही क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ गरिएको थियो । ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर ललितपुर प्रहरी परिसरले उनीहरुलाई पक्राउ गरेको हो । गत ३१ जेठमा एलओडीमा छिरेकी १६ वर्षीया...

अनुमति बिना अरुको नागरिकता प्रयोग गरी वान एक्स बेटबाट ३१ करोडको कारोबार

काठमाडौं । वानएक्स बेटमार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरी बिना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ । उक्त खेलमार्फत उनले रु ३१ करोडभन्दा बढी रकमको कारोबार गरेको पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । गत जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरुको मन्जुरी बिना ४२ वटा खाता खोलेर...

सार्वजनिक सवारीका यात्रीबाट अमेरिकी डलर चोरी गर्ने चार जना पक्राउ

काठमाडौँ। गत मंगलबार ललितपुरको ग्वार्कोमा अमेरिकी डलर चोरी भएको घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । सार्वजनिक सवारीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट ७ हजार ४७ अमेरिकी डलर (९ लाख २३ हजार १ सय ५७ नेपाली रुपैयाँ बराबर) चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अमेरिकी डलर सटही गरिदिने मनी एक्सचेञ्जका...

लागुऔषधसहित पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हिरोईन ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने  ३४ वर्षीय राम बिलाश रानालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।क्लबमा बलिका प्रवेश गराएको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । पक्राउ पुर्जी जारी भएसँगै ललितपुर प्रहरी परिसरले उनीहरुको खोजी गरिरहेको छ । गत ३१ जेठमा एलओडीमा छिरेकी १६...

उपत्यकामा पाँच स्थानमा ट्राफिक पोष्ट थपिए

काठमाडाैं । उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडाैं, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका छन् । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाडाैंको मूलपानी र धर्मस्थली, भक्तपुरको दुवाकोट र दधिकोट तथा ललितपुरको चाल्नाखेलमा अस्थायी ट्राफिक पोष्ट थप गरिएको छ...

दुई लाख रुपैयाँ घुससहित प्रहरीका सई पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय महाेत्तरीका लेखापाल, प्रहरी नायब निरीक्षक (सई) विनोद विष्ट दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगोबमोजिम जरिबानाको मागदाबी गर्दै आज बुधवार विशेष अदालत काठमाण्डाैमा मुद्दा दायर गरेको...

लागुऔषधसहित १० जना पक्राउ

काठमाडौं । देशको विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।काठमाडौंको तारकेश्वर नगरपालिका-३ तिनपिप्ले चेक पोष्टबाट अवैध लागुऔषध गाँजा करिब ४ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट घर भई काठमाडौं म्हेपी बस्ने २३ वर्षीय बुद्धिमान तामाङ र २३ वर्षीय साम्देन सेरचन रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले बा.प्र.०२-०२९ प ४०४९ नम्बरको...

ओखलढुंगा र इलामबाट बलात्कार आराेपमा दुईजना पक्राउ

काठमाडाै‌ं । ओखलढुंगा र इलामबाट दुईजना बलात्कार आराेपमा पक्राउ परेका छन् ।    ओखलढुंगाकाे सिद्धिचरण नगरपालिका-३ अधेरी बस्ने ६५ वर्षीय फिन्चुले भन्ने रुख वीर राईलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा  प्रहरीले पक्राउ गरेको छ । राईले २०७९ कात्तिक ८ गते र २०७९ मंसिर ११ गते सिद्धिचरण नगरपालिका-३ बस्ने ४४ वर्षीय फुर्तिमान भन्ने सागर राईले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी...

कञ्चनपुरमा दोहोरो नागरिकता लिएको आरोपमा दुईजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरूलाई पक्राउ गरिएको हो । कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि...