गायक हेमन्त रानाले अमेरिकामा प्रेमिका मायासँग गरे बिबाह

नवयुग संवाददाता
७ जेष्ठ २०७८, शुक्रबार १२:००

Advertisement

गायक हेमन्त रानाले अमेरिकामा बिबाह गरेका छन् । उनले, प्रेमिका माया अधिकारीसँग बिहे गरेका हुन् । उनीहरुको बिहे क्रिश्चियन परम्परा अनुसार भएको हो । गायक हेमन्त रानाले भने–‘हामी साढे २ बर्षदेखि प्रेम सम्बन्धमा थियौं । दुबैको परिवारको सहमतीमा बिहे गरेका हौं ।’

Advertisement

‘सुन साइँली’ बोलको गीत गाएपछि चर्चामा रहेका हेमन्त केही बर्ष अगाडि अमेरिका पुगेका थिए । उनी अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्छन् । हेमन्तका अनुसार माया नर्सिङ पढिरहेकी छिन् ।

Advertisement

गायक हेमन्त र मायाको बिहेमा उनका आफन्त, परिवार र साथीहरुको उपस्थिती थियो ।

Advertisement

गायक रानाका ‘दुबो फुल्यो, लैजा रे, सुन साइँली, तिमी छौं र पो’ लगायतका गीतहरु सुपरहिट भएका थिए । गायक रानालाई वैवाहिक जीवनको शुभकामना ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*