च्याम्पियन बनाएको दुई दिनमै लिलका प्रशिक्षकले दिए राजीनामा

नवयुग संवाददाता
१२ जेष्ठ २०७८, बुधबार ११:३६

Advertisement

फ्रान्स । क्रिस्टोफी गाल्टियरले फ्रेन्च क्लब लिलको मुख्य प्रशिक्षकबाट राजीनामा गरेका छन् । उनकै प्रशिक्षण दुई दिनअघि मात्रै फ्रेन्च लिगको उपाधि लिलले जितेको थियो ।

Advertisement

लिलले एक दशकपछि पहिलोपटक यो उपाधि जितेको हो । यसक्रममा उसले पेरिस सेन्ट जर्मेनलाई एक अंकले पछि पा¥यो । यसै सिजनको मध्यतिर नयाँ मालिकले क्लब किनेपछि ५४ वर्षीय प्रशिक्षक गाल्टियरले क्लब छाड्ने अपेक्षितजस्तै थियो । ‘मलाई यसमा गहिरो विश्वास छ कि यहाँ मेरो समय सकिइसकेको छ,’ गाल्टियरले भने ।

Advertisement

मंगलबार क्लबले उपाधि जितेको खुसीयालीमा शहरको केन्द्रमा परेड निकालेको थियो । यस खुसीयालीपछि ग्लाटियरले राजीनामा गरेको घोषणा गरेका हुन् । डिसेम्बर २०१७ मा लिल रेलिगेसनको ठूलो खतरामा थियो । त्यसपछि प्रशिक्षक मार्सेलो बिल्सालाई हटाएर ग्लाटियरलाई प्रशिक्षक नियुक्त गरिएको थियो । त्यसयता लिल २०१८/१९ को सिजनमा अंकतालिकामा दोस्रो स्थानमा आयो । त्यसैगरी गत सिजन चौथो स्थानमा आएको लिल यस सिजन च्याम्पियन नै बन्यो ।

Advertisement

मुख्य प्रशिक्षक ग्लाटियर निस वा लियोनमा आबद्ध हुने चर्चा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*