वीरगञ्जबाट औषधिजयन्य लागुऔषधसहित दुईजना पक्राउ

नवयुग संवाददाता
१२ जेष्ठ २०७८, बुधबार १५:३४

Advertisement

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१७ बाट प्रहरीले औषधीजन्य लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

Advertisement

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साका ३५ वर्षीय अमरुल्लाह अन्सारी र ४० वर्षीया शकुन नेशा पवरिया रहेका छन् । प्रहरीले उनीहरूका साथबाट ८८ वोतल ‘वीनकिरेक्स’ नामक औषधिजन्य लागुऔषध बरामद गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार सूचनाका आधारमा खानतलासी गर्दा खाल्डोमा हालि छोपेर राखेको अवस्थामा लागुऔषध बरामद् भएको हो । अहिले उनीहरूलाई लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*