४ वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ

नवयुग संवाददाता
१३ जेष्ठ २०७८, बिहीबार १८:४५

Advertisement

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा ४ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका डीएसपी सत्यनारायण थापाका अनुसार घरमा कोही नभएको मौका छोपेर गन्धर्वले यही जेठ ११ गते दिउँसो १ः०० बजे बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै परिवारले दिएको उजुरीपछि उनलाई पक्राउ गरिएको हो ।

Advertisement

बालिकाको यौनाङ्गमा चोट लागेकाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइएको प्रहरीले जनाएको छ । पक्राउ परेका गन्धर्वलाई भने जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रहरीको भनाइ छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*