मनिषा कोइरालाले गरिन् ४ वटा भेन्टिलेटर मेसिन सहयोग

नवयुग संवाददाता
१४ जेष्ठ २०७८, शुक्रबार १४:२५

Advertisement

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नारायणी अस्पताललाई ४ वटा भेन्टिलेटर मेशिन सहयोग गरेकी छिन् । उनले कोरोना संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर उक्त मेसिन सहयोग गरेकी हुन् ।

Advertisement

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित क्षेत्र वीरगञ्जमा थुप्रै मानिसले भेन्टिलेटरको अभावमा ज्यान गुमाएका छन् । नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ ।

Advertisement

मनिषाले भेन्टिलेटर मेसिनको अभावमा अकालमा कसैको ज्यान जानबाट जोगियोस् भनेर आफूले सकेको सहयोग गरेको बताएकी छिन् ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*