लुम्बिनी प्रदेशसभा : मुख्यमन्त्रीको राजीनामा माग्ने विपक्षीको तयारी

नवयुग संवाददाता
१९ जेष्ठ २०७८, बुधबार ११:३३

Advertisement

काठमाडौं । लुम्बिनी प्रदेशसभा आज बस्दै छ । बजेट अधिवेशनअन्तर्गतको पहिलो बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुपर्ने माग राख्ने विपक्षी दलको तयारी छ । “सरकार संसद्बाट भागिरहेको छ । अल्पमतमा परेका मुख्यमन्त्रीले तत्काल सरकार छोड्नुपर्ने माग त गछौँ नै,” नेपाली कांग्रेसका प्रमुख सचेतक फदरुद्दिन खानले भने ।

Advertisement

लुम्बिनीमा यही जेठ १७ गते भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको नतिजाले पनि मुख्यमन्त्री अल्पमतमा रहेको पुष्टि हुने विपक्षी गठबन्धनका नेताहरु बताउँछन् । लुम्बिनीमा विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता गरेर विशेष अधिवेशनको माग गरेका थिए । तर, प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाएनन् ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*