रश्मिका मन्दानालाई अर्को उपाधि

नवयुग संवाददाता
१९ जेष्ठ २०७८, बुधबार १७:१६

Advertisement

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाले हालै अर्को उपाधि पनि पाएकी छिन् । उनले हालै ‘बैंग्लोर टाइम्स मोस्ट डिजाइरेबल वुमन २०२०’ को उपाधि जितेकी हुन् ।

Advertisement

सन् २०१४ देखि मोडलिङ सुरु गरेकी उनको अहिलेसम्मको यात्रा सुखद रहेको छ । करियर सुरु गरेकै वर्ष उनले ‘टाइम्स फ्रेस अवार्ड’ पनि पाएकी थिइन् ।

Advertisement

‘मोस्ट डिजाइरेबल म्यान २०२०’ को उपाधि भने ‘केजीएफ’ स्टार यश उर्फ रकी भाइले जिते ।

Advertisement

रश्मिकाले सन् २०१६ मा चलचित्र ‘किरिक पार्टी’बाट अभिनय यात्रा थालेकी थिइन् । उनको पहिलो चलचित्र नै ब्लकबस्टर बनेको थियो । त्यसपछि कनन्ड, तमिल र हिन्दीलगायत चलचित्रमा पनि काम गरेकी छिन् । उनी चाँडै नै बलिउड ‘बिग बी’ अमिताभ बच्चनसँग स्क्रिन सेयर गर्दै छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*