फिल्म क्षेत्रमा प्रवेश गर्दा यौन उत्पीडन भोगेकी थिएँः प्रकृती

नवयुग संवाददाता
२०७८, १९ जेष्ठ बुधबार १७:३९

Advertisement

चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन् प्रकृती श्रेष्ठ । उनले चलचित्र ‘जिन्दगी रक्स र उत्सव’मा काम गरिन् । यसपछि, बिहे गरेर अष्ट्रेलिया पुगेकी प्रकृती केही बर्षपछि चलचित्र ‘बिहे पास’बाट कमब्याक गर्दैछिन् ।

Advertisement

उनै, प्रकृतीले सामाजिक संजाल इन्स्टाग्राममा आफ्ना फ्यानको प्रश्नको उत्तर दिने क्रममा आफूले चलचित्र क्षेत्रमा यौन उत्पीडन भोगेको बताएकी छिन् । एक फ्यानको प्रश्नमा उनले चलचित्र क्षेत्रमा प्रवेश गर्दाको सुरुवाती दिनमा आफूले यस्तो समस्या भोगेको बताइन् ।

Advertisement

प्रकृतीले यस्तो गलत कुराको बिषयमा बोल्न आफू नडराएको पनि बताएकी छिन् । आफू वा अरु कोहीलाई ती व्यक्तिहरुले फेरि यस्तो गलत हर्कत नगरुन् भन्ने सोचेर आफू बोल्न नडराएको प्रकृतीको भनाई छ ।

Advertisement

अर्का एक फ्यानले प्रकृतीलाई आमा कहिले बन्नुहुन्छ भनेर पनि सोधेका छन् । जसमा प्रकृतीले आफूलाई सही समय आएको भन्ने लागेपछि यसतर्फ सोच्ने बताएकी छिन् । उनले, आफूलाई पहिलो बच्चा छोरी र दोश्रो बच्चा छोराको चाहना भएको पनि खुलाएकी छिन् ।

नायिका प्रकृती श्रेष्ठ चलचित्र ‘बिहे पास’को छायांकन सकेर अष्ट्रेलिया फर्किसकेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*