कोरोना संक्रमणबाट दुई वडा अध्यक्षको मृत्यु

नवयुग संवाददाता
२१ जेष्ठ २०७८, शुक्रबार १३:१०

Advertisement

रौतहट। कोरोना संक्रमणबाट रौतहटको गरुडा नगरपालिकाका दुई वडा अध्यक्षको ज्यान गएको छ ।

Advertisement

रौतहटको गरुडा नगरपालिका वडा–२ गेडहीका वड़ा अध्यक्ष विष्णु देव सहनीको गएराति उपचारको क्रममा मृत्यु भएको हो । उनलाई संक्रमण पुष्टि भएपछि विगत १ महिनादेखि काठमाडौंमा उपचाररत थिए । यसअघि पनि जेठ ३ गते गरुडा नगरपालिका वडा न. ७ का वडा अध्यक्ष राम ईश्वर राय यादवको मृत्यु भएको थियो ।

Advertisement

कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौं गएका ५५ वर्षीय यादवको स्वास्थ्य झन जटिल बनेको र उनको निधन भएको गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलविष्णस देवमले बताए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*