मकवानपुरमा ७०० विपन्न परिवारलाई खाद्यान्न वितरण

नवयुग संवाददाता
२३ जेष्ठ २०७८, आईतवार १३:४७

Advertisement

मकवानपुर । मकवानपुरमा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । जिल्लाको पश्चिमभेगमा पर्ने राक्सिराङ गाउँपालिकाको दुर्गम भेग वडा नं ७ र ९ मा आज बिहानदेखि विपन्न परिवारलाई खाद्यान्न सामग्रीका प्याकेट वितरण गरिएको छ ।

Advertisement

कोरोना संक्रमणको जोखिम र निषेधाज्ञाका कारण ती दुवै वडाका दैनिक ज्यालादारी गर्ने अवसरबाट वञ्चित भएका करीब ७०० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । विपन्न परिवारका प्रत्येक घरलाई खाद्यान्न चामल २५ किलो, खाने तेल दुई लिटर, दाल दुई किलो र नुन दुई प्याकेट पनि वितरण गरिएको उनले जानकारी दिए ।

Advertisement

उक्त खाद्यान्न नेपाली कांग्रेस जिल्ला कार्यसमिति र उद्योग वाणिज्य संघको संयुक्त लगानीमा एक हजार परिवारलाई पुग्ने गरी हाललाई गाउँपालिकाका अध्यक्ष मल्ललाई कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले हस्तान्तरण गरेका थिए । यसैगरी राक्सिराङको सरिखेतमा पनि एक सय विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*