स्याललाई ठक्कर दिँदा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

नवयुग संवाददाता
२३ जेष्ठ २०७८, आईतवार १८:३४

Advertisement

जनकपुरधाम । बाटोमा हिंडिरहेको स्याललाई ठक्कर दिएर महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोनमा गाउँपालिका ५ रघुनाथपुरमा सर्लाहीतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ प ४५३० नम्बरको मोटरसाईकल सडकमा हिडिरहेको स्याललाई ठक्कर दिइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

उक्त दुर्घटनामा मोटरसाईकल चालक महोत्तरीको मनरासिश्वा नगरपालिका १ बस्ने ४५ वर्षीय लक्ष्मी साहको मत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको महोत्तरी प्रहरीका प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।

Advertisement

दुर्घटनामा मोटरसाइकलको पछाडि सबार मनरासिस्वाकै २२ वर्षीय संजीव यादव घाइते भएका छन् । उनको सम्सीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*