तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

नवयुग संवाददाता
२४ जेष्ठ २०७८, सोमबार ११:३२

Advertisement

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

Advertisement

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यसो त गत आइतबार सुनचाँदी दुबैको मूल्य वृद्धि भएकोमा सोमबार यता चाँदीको मूल्यमा समेत सामान्य गिरावट आएको महासंघले जनाएको छ ।

Advertisement

महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*