स्वास्थ्य संकट न्यूनीकरण अगामी बजेटको प्राथमिकताः अर्थमन्त्री शाह

नवयुग संवाददाता
२४ जेष्ठ २०७८, सोमबार १२:५४

Advertisement

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले अगामी आर्थिक वर्षको बजेट स्वास्थ्य संकट न्यूनीकरणतर्फ केन्द्रित हुने बताएका छन् ।

Advertisement

सोमबार बसेको प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका सिद्धान्त तथा प्राथमिकतासहितको पूर्वबजेट दस्तावेज प्रस्तुत गर्दै मन्त्री शाहले कोरोना भाइरस महामारीबाट सिर्जित स्वास्थ्य संकट न्यूनीकरण र त्यसले पारेको प्रभाव नियन्त्रण उन्मुख बजेट ल्याइने बताएका हुन् ।

Advertisement

शाहले स्वास्थ्य संकट न्यूनीकरणसँगै कोरोनाले अर्थतन्त्रमा पारेको नराकात्मक असरबाट मुक्त गर्ने खालका पुनःउत्थानका कार्यक्रम बजेटको प्राथमिकता हुने उल्लेख गरेका छन् ।

Advertisement

प्रदेश र स्थानीय तहमा स्वास्थ्यको गुणात्मक विकास गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा प्रदेशबासीको पहुँच अभिवृद्धि गर्ने, स्वास्थ्य सेवामा प्रदेश सरकारको भूमीकालाई थप सशक्त बनाउने, कृषिको उत्पादकत्व वृद्धि गर्दै खाद्य सुरक्षाका कार्यक्रमलाई प्रभावकारी बनाउने कुरालाई पनि विशेष प्राथमिकता दिइने उनले जनाएका छन् ।

यस्तै मन्त्री शाहले गरिबी न्यूनीकरणका साथै दिगो आर्थिक विकासका लागि नतिजामुखी काम गर्ने नीति अवलम्बन गर्ने, रुपान्तरणकारी आयोजनामा स्रोत साधनको कमी हुन नदिने कुरालाई समेत ध्यानमा राखेर अगामी वर्षको बजेट तथा कार्यक्रम ल्याइने बताए ।

आर्थिक मामिला मन्त्री शाहले प्रस्तुत गरेको अगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका सिद्धान्त तथा प्राथमिकतासहितको पूर्व बजेट दस्तावेजमाथि सोमबार दिउँसो बस्ने प्रदेशसभाको बैठकमा छलफल सुरु हुनेछ ।

उपप्रधानमन्त्रीको अभिव्यक्तिको विरोध

प्रदेशसभामा संघीय सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्ति राष्ट्र विरोधी भन्दै विरोध भएको छ । विशेष समय लिएर बोलेका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरत खड्काले उपप्रधानमन्त्री महतोको अभिव्यक्ति देशलाई बिखण्डन गर्ने राष्ट्रघाती भएको भन्दै उनीमाथि कारवाहीको माग गरेका हुन् ।

यस्तै खड्काले प्रदेश सरकारले आर्थिक कार्यविधी संशोधन सम्बन्धी ल्याएको अध्यादेशबारे सदनलाई जानकारी दिनुपर्ने माग समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*