माओवादी केन्द्रले सातै प्रदेशमा पठायो स्वास्थ्य सामग्री

नवयुग संवाददाता
२४ जेष्ठ २०७८, सोमबार २०:११

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रले सातै प्रदेशमा स्वास्थ्य सामग्री पठाएको छ ।

Advertisement

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमका बीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशमा लगेर वितरण गर्ने गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

Advertisement

कार्यालय सचिव श्रीराम ढकालका अनुसार पार्टीका नेताहरुमार्फत स्वास्थ्य सामग्री पठाइएको हो । ‘प्रदेशमा लगेपछि पार्टी संरचनाले प्रदेश सरकारसंग समन्वय गरेर सामाग्री हस्तान्तरण गर्नेछ’ ढकालले भने ।

Advertisement

प्रदेशमा पठाइएका सामग्रीहरुमा अक्सिमिटर, पीपीई सेट, अक्सिजन सिलिन्डर, अक्सिजन जेनरेटर, मास्क लगायत छन् । कार्यालय सचिव ढकालका अनुसार सोमबार प्रदेश पठाइएका स्वास्थ्य सामग्री माओवादी केन्द्रलाई चीन सरकार, प्रवासमा रहेका नेपाली र जनप्रगतिशील मञ्च लगायतका संगठनले प्रदान गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*