सुदूरपश्‍चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

नवयुग संवाददाता
२५ जेष्ठ २०७८, मंगलवार १३:२०

Advertisement

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । मंगलबार प्रदेश सभा बैठकमा विश्वासको मत लिने क्रममा ५१ मध्ये ३० मत पाएका हुन् । प्रदेश सभाका ५१ सांसदमध्ये ३० जनाले भट्टको पक्षमा र ९ सांसदले विपक्षमा मतदान गरेका हुन् ।

Advertisement

कांग्रेसका १२ जना सांसदले भने मत हालेनन् । प्रदेश सभामा माओवादी केन्द्रका १३ जना सांसद छन् । भट्टलाई एमालेको माधव नेपाल पक्षका सांसले पनि विश्‍वासको मत दिएका छन् ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*