बागमती सरकारले पास गर्‍यो नीति तथा कार्यक्रम

नवयुग संवाददाता
२५ जेष्ठ २०७८, मंगलवार २०:४४

Advertisement

मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठक मंगलबार साँझ बसेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम पास गरेको सरकारका प्रवक्ता एवं आथिर्क मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

Advertisement

बैठकमा अन्य कुनै विषयमा छलफल नभएको उनको भनाइ छ । प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक हुँदैछ । बैठकमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल भने उपस्थित थिएनन् । उनलाई मातृशोक परेकोले उनी उपस्थित नभएका हुन् ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*