पेस्तोल र राइफलको गोलीसहित दुईजना पक्राउ

नवयुग संवाददाता
२६ जेष्ठ २०७८, बुधबार ११:५१

Advertisement

काठमाडौं । मोरङमा प्रहरीले पेस्तोल र गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा केराबारी गाउँपालिका -९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका -२ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बु रहेका छन् ।
बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

Advertisement

गणेशको घरमा खानतलासी गर्दा एउटा कटुवा पेस्तोलका साथै ३०३ राइफलको ५ थान गोली, गोली लोड गर्ने २ थान चचार, एक थान पेस्तोलको गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पदमकुमारको साथबाट एउटा खुकुरी, चक्कु बरामद गरिएको छ ।

Advertisement

उनीहरु दुवैजनालाई हातहतियार तथा खरखजना कसुरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*