प्रहरी लाई आक्रमण गरेको आरोपमा पाँच जना पक्राउ

नवयुग संवाददाता
२६ जेष्ठ २०७८, बुधबार १२:५०

Advertisement

सुनसरी -चौकीमा पुगेर प्रहरीलाई आक्रमण गरेको आरोपमा धरानबाट ५ जना पक्राउ परेका छन् ।

Advertisement

सुनसरीको धरान उपमहानगरपालिका–१५ नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी चौकीभित्रै गएर प्रहरीमाथि आक्रमण गरेको आरोपमा ५ जना पक्राउ परेका हुन् ।

Advertisement

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–५ बस्ने २४ वर्षीय विक्रम राई, सोही उपमहानगरपालिका–३ बस्ने २७ वर्षीय सिजन राई, सोही उपमहानगरपालिका–४ बस्ने २६ वर्षीय कालु भन्ने सरोज लिम्बू, ३० वर्षीय बसन्त राई र सोही उपमहानगरपालिका–१५ बस्ने ३२ वर्षीय रेगन लिम्बू रहेका छन् ।

Advertisement

गत जेठ १३ गते १० जनाको समूहसहित उनीहरुले प्रहरी चौकीभित्रै प्रहरीमाथि आक्रमण गरि फरार भएको आरोप छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेकामध्ये विक्रम, सिजन र सरोजलाई धरान उपमहानगरपालिका–५ देउरालीबाट जेठ १८ गते तथा बसन्त र रेगनलाई धनकुटा छथर पोखरी–४ बन्चरेबाट सोमबार पक्राउ गरिएको हो ।

उनीहरु उपर जिल्ला अदालत सुनसरीमा ज्यान सम्वन्धी कसूर अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*