अनलाइन परीक्षा सञ्चालन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

नवयुग संवाददाता
२०७८, २६ जेष्ठ बुधबार १३:००

फाइल फोटो

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालन गर्ने भएको छ । छिमेकी मुलुक भारतबाट नयाँ भेरियन्ट सहित नेपाल प्रवेश गरेको कोरोना महामारीको दोस्रो लहरले प्रभावित शिक्षा क्षेत्रलाई चलायमान बनाउनको लागि विश्वविद्यालयले स्थगित भएका परीक्षा अनलाइन पद्धतिबाट सञ्चालन गर्ने भएको हो ।

Advertisement

विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीका अनुसार महामारीको समय भएको अवस्थामा विद्यार्थीको भौतिक उपस्थिती बिना अनलाइन पद्धति मार्फत महामारी अघि विश्वविश्व विद्यालयका स्थगित परीक्षा अनलाइन मार्फत सञ्चालन हुने भएका हुन् ।

Advertisement

“कोरोना महामारी आएको लामो समय भएको छ, यसअघि पनि विश्वविद्यालयले अनलाइन पद्धति मार्फत अनलाइन परीक्षा सञ्चालन गरेको थियो,” उपकुलपति जोशीले भने, “हाल आएर पनि कोरोना महामारीको दोस्रो लहरले पुरनो अवस्था भन्दा पनि जोखिमपूर्ण अवस्था सृजना गरेको छ, त्यसकारण महामारीको दोस्रो लहर आएपछि स्थगित भएका परीक्षा विश्वविद्यालयले अनलाइन पद्धति मार्फत परीक्षा सञ्चालन गर्न लागेको हो ।” यसअघि पनि सञ्चालन भएको अनलाइन परीक्षामा भने केही समस्या देखिएको थियो । यसपटक भने अनलाइन पद्धति मार्फत अनलाइन परीक्षा सञ्चालन गरिएपनि विगतको भन्दा फरक तवरले अनलाइन परीक्षा सञ्चालन गर्ने तयारी विश्वविद्यालयले गरेको उपकुलपति जोशीले बताए ।

Advertisement

यसअघि वैशाख सोह्र गते परीक्षा सञ्चालन गर्ने भनिएको भनेपनि कोरोना महामारीको दोस्रो लहरका कारण वैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी भएको अवस्था छ । यो सँगै वैशाख पाँच गतेबाट विश्वविद्यालयमा कक्षा सञ्चालन भएका थिए । तर कोरोना महामारीको कारणले गर्दा परीक्षा पूर्ण रुपमा स्थगित भएपनि अनलाइन कक्षा भने जेठ पाँच गतेबाट सञ्चालन भैरहेका छन् । यो सँगै विश्वविद्यालय अन्य संकायको पनि जेठ २५ गतेबाट अनलाइन कक्षा सञ्चालन गरिएको जनाएकोे छ । विश्वविद्यालयले सञ्चालन गर्ने अनलाइन कक्षामा विद्यार्थीको उपस्थिती एकदमै कम हुने गरेको छ । तर विश्वविद्यालयले भने अनलाइन कक्षामा उपस्थिती गराउनको लागि विद्यार्थीलाई नियमित सम्पर्कमा राखेर विद्यार्थीहरुलाई कक्षामा उपस्थित गराइरहेको अवस्था छ ।

Advertisement

“महामारीले गर्दा शैक्षिक सत्रलाई केही प्रभाव पारेपनि पूर्णरुपमा शैक्षिक सत्र सकिएको अवस्था छैन, त्यसकारण हाललाई भोलीबाट बन्द भएका सबै कक्षा पूर्णरुपमा अनलाइन बाट सञ्चालन हुने भएका छन्,” उपकुलपति जोशीले भने, “यो सँगै आजबाट सुरु भएर असार पच्चिस गते सम्म कक्षा सञ्चालन हुनेछन् र अफग्रेडको लागि लिइएका उक्त कक्षा पनि दश दिन विद्यार्थीलाई परीक्षा तयारी विदा दिएर स्थगित भएका सम्पूर्ण परीक्षालाई अनलाइन मार्फत श्रावण पाँच गतेबाट परीक्षा सञ्चालन गरिनेछन् ।”

विश्वविद्यालयले लिने परीक्षामा चालिस प्रतिशत पूर्णा अङ्कको आन्तरिक मूल्याङ्कन बाट लिने गरिएको छ । यस्तै यसपटकको अनलाइन परीक्षामा भने ६० पूर्णाअङ्कको परीक्षालाई भने तिन तरिकाले गरिने विश्वविद्यालयले जनाएको छ । जसमध्ये प्रथम अनलाइन मार्फत लिखित परीक्षा हुनेछ । यसैगरेर दोस्रो परीक्षा टेक होम अर्थात सम्वन्धित प्रश्नको उत्तर घरमा बसेर लेख्नुपर्नेछ भने तेस्रो परीक्षा अनलाइन मौखिक हुनेछ र त्यसमा मौखिकमा सोधिएको प्रश्नलाई मौखिकमै तुरुन्त उत्तर दिनुपर्ने छ ।

विश्वविद्यालय यसअघि गरेको अनलाइन परीक्षा जुम आइडी प्रविधिबाट गरेको विश्वविद्यालयले अहिले भने माइक्रोसफ्ट टिम्ज सप्ट्वेयर मार्फत परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयको भनाइ छ । यसविचमा सरकारी स्तरबाट कोरोनाको स्थित सामान्य भयो भन्ने स्थिती आएका विश्वविद्यालयले पुनः भौतिक रुपमै कक्षा तथा स्थगित परीक्षा सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*