श्रोत नखुलेको रकमसहित दुई भारतीय पक्राउ

नवयुग संवाददाता
२६ जेष्ठ २०७८, बुधबार १४:४९

Advertisement

रौतहट । रौतहटमा श्रोत नखुलेको लाखौँ रुपैयाँ सहित २ भारतीय नागरिक पक्राउ परेका छन् । परोहा नगरपालिका ९ रामपुरखाप स्थितमा नेपाल भारत सिमामा प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

Advertisement

भारतको मोतिहारी जिल्ला घोडासहन बस्ने वर्ष २२ को बन्टि कु।कलवार र २० वर्षका सुरज कलवारलाई ३० लाख ७६ हजार नेपाली रुपैयाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धि विक्रम शाहले जानकारी दिए ।

Advertisement

श्रोत नखुलेको रकम र पक्राउ परेका २ जनामाथि थप अनुसन्धान कार्य भइरहेको शाहले जानकारी दिए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*