सम्भव भएसम्म समयमै कर बुझाउन निजी क्षेत्रका प्रतिनिधमुलक संस्थाको आग्रह

नवयुग संवाददाता
२६ जेष्ठ २०७८, बुधबार १८:२२

Advertisement

काठमाडौं । निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुले आम्दानी गरेका व्यवसायीहरुलाई समयमै कर बुझाउन आग्रह गरेका छन्।

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले आज एक विज्ञप्‍ति प्रकाशित गर्दै निषेधाज्ञाको समयमा व्यवसाय प्रभावित भएकालाई जरिबाना नगर्न सरकारसँग अनुरोध पनि गरेका छन्। दोस्रो लहरको संक्रमणका कारण अहिले ७० प्रतिशत उद्दम व्यवसाय ठप्प भएको जानकारी उनीहरुले गराएका छन्।

Advertisement

सरकारले यो वर्ष र आगामी वर्षका लागि लिएको राजस्वको लक्ष्य भेट्टाउन कठिन भएकाले व्यवसायमा प्रभाव नपरेका करदातालाई समयमै कर बझाएपछिमात्र सरकारलाई नसक्नेलाई जरिबाना नगर्न सहज हुने बताइएको छ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*