डोटी निर्माण व्यवसायी संघका महासचिव खड्काको कोरोनाका कारण निधन

नवयुग संवाददाता
२६ जेष्ठ २०७८, बुधबार १९:२५

Advertisement

डोटी । डोटी निर्माण व्यवसायी संघका महासचिव देबेन्द्र खड्काको निधन भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ खिरशैन निवासी खड्काको ४४ बर्षको उमेरमा कोरोना संक्रमणका कारण निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि धनगढीमा उपचारका क्रममा निधन भएको हो ।

Advertisement

जेठ महिनाको पहिलोसाता खड्का कोरोना संक्रमित आफ्नो सालाको उपचारमा सहभागी भएको पारिवारिक स्रोतले जनाएको छ । सालाको उपचार पश्चात जेष्ठ ९ र १० गते खड्काको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुरुमा केजी अस्पताल धनगढीमा भर्ना गरिएको थियो । केजी अस्पतालमा उपचार सम्भव नभएपछि धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको भेण्टिलेटरमा उनको उपचार भैरहेको थियो ।

Advertisement

केहि महिना अगाडि पत्थरियाको अप्रेसन गरेका उनी सुगरका समेत बिरामी रहेको अस्पतालले जनाएको छ । ‘बचाउन धेरै प्रयास गरियो तर सकिएन’ उनका आफन्त भरत बहादुर खड्काले भने । उनले भने, ‘यो महामारीले हुनहार ब्यक्तिले अकालमा ज्यान गुमाउँदा निक्कै मर्माहत भएको छु। यसरी दैनिक सयौं जनाले अकालमा ज्यान गुमाउँदा समेत सरकार मुख दर्शक भएको छ ।’

Advertisement

शोक वक्तव्य निकाल्दै निर्माण व्यवसायी संघ डोटीका अध्यक्ष प्रेम शंकर भट्टले स्व।खड्काको निधनले निर्माण व्यवसायमा अपुरणिय क्षति पुगेको भनिएको छ । त्यस्तै डोटी उद्योग बाणिज्य महासंघका महासचिव दिपक बहादुर खड्काले स्वर्गीय खड्काको निधनले जिल्लालाई ठुलो क्षति भएको जनाएका छन् । उपचारका क्रममा बुधबार बिहान साढे पाँच बजेको समयमा उनको निधन भएको थियो । मृतक खड्काको बुधबार नै गोदावरी क्षेत्रमा पर्ने आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

उनले नेत्र निर्माण सेवाको फर्म मार्फत लामो समयदेखि सफल निर्माण व्यवसायीको पहिचान बनाएका थिए । खड्का सामाजिक क्षेत्रमा समेत निक्कै सक्रिय थिए । उनका दुई छोरा र एक छोरी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*