पेलेको रेकर्डसँग नेयमारको बराबरी

नवयुग संवाददाता
३१ जेष्ठ २०७८, सोमबार १३:१९

Advertisement

काठमाडौं । विश्व फुटबलका लिजेन्ड पेलेको रेकर्डसँग ब्राजिलका सुपरस्टार नेयमारले बराबरी गरेका छन्। कोपा अमेरिका अन्तर्गत भेनेज्युएलाविरुद्धको खेलमा नेयमारले पेलेको रेकर्डसँग बराबरी गरेका हुन्।

Advertisement

ब्राजिलको राष्ट्रिय टोलीका लागि पेलेले गरेको असिस्टको रेकर्डसँग नेयमारले बराबरी गरेका हुन्। पेलेले आफ्नो खेल जीवनमा ब्राजिलका ४७ असिस्ट गरेका थिए, जुन ब्राजिलका लागि कुनै खेलाडीले गरेको सर्वाधिक असिस्ट हो। नेयमारले सोमबार बिहान भएको खेलमा ४७ औं असिस्ट गर्दै पेलेको रेकर्डसँग बराबरी गरेका हुन्। पेलेले ९१ खेलमा यो रेकर्ड बनाएका थिए। उनको रेकर्ड भेटाउन नेयमारले १०६ खेल खेलेका छन्।

Advertisement

नेयमार ब्राजिलका लागि सर्वाधिक गोलकर्ताको सूचीमा समेत पेलेलाई पच्छाइरहेका छन्। पेलेले राष्ट्रिय टोलीका लागि ७७ गोल गरेका थिए, जुन ब्राजिलको मात्रै नभएर दक्षिण अमेरिकी टोलीका लागि एक खेलाडीले गरेको सबैभन्दा धेरै गोल हो।

Advertisement

नेयमारले हालसम्म ६७ गोल गरिसकेका छन्। पेलेको उक्त रेकर्ड नेयमारले अब १० गोल गर्दा भेट्नेछन् भने ११ औं गोलमा तोड्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*