कर्णालीमा नीति तथा कार्यक्रम फेल गराउन एमालेको ह्विप जारी

नवयुग संवाददाता
१ असार २०७८, मंगलवार १४:०७

Advertisement

सुर्खेत । कर्णालीमा नेकपा एमालेले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको आज बसेको बैठकले संसदमा आज पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

Advertisement

चार सांसदको पुनर्बहालीपछि बैठकमा सांसद प्रकाश ज्वाला सहभागी थिए । संसद बैठकमा ज्वाला पनि उपस्थिति हुने र विपक्षमा मतदान गर्ने बैठकमा जानकारी गराएको प्रमुख सचेतक गुलाबजङ्ग शाहले बताए ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*