खेतमा खाजा पुर्‍याउन गएका बालकलाई बाढीले बगायो

नवयुग संवाददाता
२ असार २०७८, बुधबार १९:४४

Advertisement

काठमाडौं । सप्तरीमा बाढीले बगाउँदा एक बालकको मृत्यु भएको छ। बुधबार अपरान्ह साढे ४ बजे बलान बिहुल गाउँपालिका वडा नम्बर ४ बेल्ही बस्ने १३ वर्षीय सन्तोष भण्डारीलाई बाढीले बगाएको हो।

Advertisement

उनका बुवा किसुनदेव भण्डारी खेतमा काम गरिरहेका थिए। बुवालाई खाजा पुर्‍याउन जाँदा खोलामा आएको बाढीले बालक सन्तोष भण्डारीलाई बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए।

Advertisement

बेपत्ता भण्डारीलाई प्रहरीले पानीमा खोजतलास गर्दा भारतको मधुबनी मझौरास्थित बलान खोला छेउमा फेला परेको हो। बालकको पोष्टमार्टम गरी मृतकका आफन्तलाई शव बुझाइसकिएको छ। प्रहरीले स–साना बालबालिकाहरुलाई नजिकको पोखरी, नहर कुलो, तलाउ लगायतमा नपठाउन अनुरोध गरेको छ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*