नाबालिका छोरीमाथि जबरजस्ती करणी, अपराध खुल्ने डरले झुण्ड्याएर हत्या

नवयुग संवाददाता
३ असार २०७८, बिहीबार ११:३४

Advertisement

कैलाली । कैलालीमा आफ्नै छोरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। बलात्कारपछि छोरीको हत्या गरेको आरोपमा कैलालीको लम्कीचुहा नगरपालिका–२ बघनियाका ५१ वर्षीय बाबुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन।

Advertisement

१० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। गत जेठ २७ गते बालिका आफ्नै घरमा मृत फेला परेकी थिइन्। उनको मृत्यु शंकास्पद देखिएपछि शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो। पोष्टमार्टम रिपोर्टले उनको बलात्कारपछि हत्या भएको देखाएको छ।

Advertisement

घटनापछि विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवाले २७ गते आफ्नै भैँसी गोठमा लगेर जबरजस्ती करणी गरी हत्या गरको पाइएको विष्टले बताए। ‘आफ्नो अपराधको पोल खुल्ने डरले उनले बलात्कारपछि बालिकालाई झुण्ड्याएर मारेको अनुसन्धानका क्रममा खुलेको छ,’ विष्टले भने।

Advertisement

उनीविरुद्ध ज्यानसम्बन्धी कसुर शीर्षकमा कैलाली जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*