मकवानपुरबाट १४३ किलो गाँजासहित तीन जना पक्राउ

नवयुग संवाददाता
२०७८, ३ असार बिहीबार १३:१४

Advertisement

मकवानपुर । मकवानपुर प्रहरीले १४३ किलो लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले १४३ किलो तीनसय ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको हो। मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको कन्टेरनरलाई हेटौंडा –११ थानाभर्याङबाट लागुऔषध गाँजासहित नियन्त्रणमा लिइएको मकवानपुरको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए।

Advertisement

उनले लागुऔषध बोकेको गाडीबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का २८ वर्षीय सनकबहादुर तामाङ, २४ वर्षको सोमे तामाङ र मकवानपुरको राक्सिराङ गाँउपालिका–१ को १८ वर्षको सविन तामाङलाई पक्राउ गरिएको बताए।

Advertisement

मकवानपुरमा करिब डेढ महिनादेखि निषेधाज्ञा जारी छ। निषेधाज्ञाको समयमा पनि मकवानपुरमा लागुऔषध ओसारपसारको घटना रोकिएको छैन। प्रहरीले बुधबार मात्रै ९६ किलो गाँजासहित पाँचजनालाई पक्राउ गरेको थियो।​

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*