सरिता हत्याको आरोपमा प्रेमी पक्राउ

नवयुग संवाददाता
२०७८, ३ असार बिहीबार १९:११

Advertisement

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३० वर्षीया सरीता सोरेनको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा उनका प्रेमी रतुवामाई नगरपालिका–६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दालाई बुधबार पक्राउ गरेको हो ।

Advertisement

बिहेमा जानेभन्दै वैशाख १७ गते घरबाट हिँडेकी सरीता प्रेमी सुफललाई भेट्न रतुवामाई पुगेकी थिइन् । बैशाख १९ गते मकैबारीमा उनको शव फेला परेको थियो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार ६ महिनायता प्रेममा रहेका सरिताले बिहे गरेर घरमै लैजान भनेपछि विवाद भएको थियो । विवादै क्रममा सुफलले कुटपिट गरी घाँटी थिचेर हत्या गरेको देखिएको उनले बताए ।

Advertisement

घरबाट बिहेमा जानभन्दै हिँडेको दुई दिनपछि गत वैशाख १९ गते सरिताको शव रतुवामाई–६ स्थित मकैबारीमा विभत्स अवस्थामा फेला परेको थियो । प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट बिहीबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

Advertisement

सरीताका श्रीमानको तीन वर्षअघि मृत्यु भएको थियो । चिनजानका साथी रहेका सरीताका श्रीमान् र सुफल दुवैजना ट्याक्टर चलाउँथे । श्रीमानको मृत्यु भएपछि सुफल सरीतासँग नजिकिएका थिए । हत्यामा संलग्न सुफलले भने त्यसअघि नै दुईवटा बिहे गरिसकेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरमा सुफलका दुई श्रीमती र तीन सन्तान रहेको खुलेको छ । सरीता पनि एक छोरा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*