गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

नवयुग संवाददाता
४ असार २०७८, शुक्रबार ११:४२

Advertisement

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा सोको लागि २ दिनअघि नै प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसकेका थिए । प्रदेशसभा बैठक बिहान ११ बजे पोखरा सभागृहमा बस्दैछ ।

Advertisement

बजेट पास हुनुअघि नै प्रदेशसभामा विश्वासको मत लिएर अघि बढ्ने उनको तयारी छ । बिहीबार मनाङमा राहत सामग्री लिएर पुगेका उनी मौसम खराबीले उतै अड्किएकोमा शुक्रबार बिहान मात्र पोखरा विमानस्थल उत्रिएका छन् । हेलिकोप्टर उड्न नसक्दा उनको विश्वासको मत के हुन्छ रु भन्ने संशय कायम थियो ।

Advertisement

पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । पोखरेललाई काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा नेपाल, जनता समाजवादी पार्टी र स्वतन्त्र १ सांसदको समर्थन छ । प्रदेशसभामा हाल कायम ५९ सदस्य रहेकोले उनलाई विश्वासको मतका लागि बहुमत पुर्याउन ३० मत चाहिन्छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*